२२ आश्विन २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २८ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।     अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।     प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको निर्देशन थियो । परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

वेबसाइट निर्माण प्रतियोगिता शुरू

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता शुरू गरेको छ ।   यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि मात्र खुला गरिएको आयोजकले जानकारी दिएको छ । विद्यार्थीहरूले आफ्नो सिर्जनामा आधारित वेबसाइट तयार […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

घोडाघोडी तालमा रहेको झार हटाइँदै

घोडाघोडी कैलाली, २८ जेठ । विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ। नेपालको पहिलो वर्ड सेन्चुरी चरा अभय आरक्ष क्षेत्र का रूपमा परिचित घोडाघोडी तालको उत्तर र पूर्वी क्षेत्र बेसरम झारले ढाक्दै गएको छ ।     जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो ताल मिचाहा प्रजातिले ढाक्दै गएपछि आजदेखि हटाउन थालिएको हो । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन,   वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

रौतहट, २८ जेठ । रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले आज बिहान झाझपुल नजिकै लुकिछिपी बसेका व्यक्तिहरुले रौतहट दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका ३५ वर्षीय कृष्णमणि झालाई […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

नरभक्षी चितुवा नियन्त्रण गरिने

दमौली तनहुँ, २८ जेठ । यहाँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा नियन्त्रणका लागि बुधबारदेखि खोजतलास गर्ने निर्णय गरेको हो ।     प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा चितुवा नियन्त्रणको प्रयास […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे

तनहुँ २७ जेठ । यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले भरिभराउ हुन थालेको छ । हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिनुभयो । उहाँले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ ।     बुधबार जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् ।     प्रतिपक्षको दलको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम

गण्डकी, २८ जेठ । यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो ।     विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी दिनुभयो ।     उहाँका अनुसार जेहेन्दार, विपन्न एवम् सीमान्कृत वर्गका विद्यार्थीलाई शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न प्रदेशका ३४ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह

काठमाडौँ, २८ जेठ । नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष आज ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घले गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारण संस्थामार्फत भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला

काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।     श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए ।     उनले भने, ‘आज […]