२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको हो ।     भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी, २९ जेठ । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो ।   पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

बागमती, २९ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।     सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध  दायर गरेको हो ।     कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना  व्यवसायी विरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

बनियानी, २९ जेठ । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन धान रोप्ने मेसिन प्रदान गरेको छ ।     एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर– १ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए । […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।     बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौँडा उपमहानगरले गैरकानुनी निर्णय गरेको आशंका, बैठकको निर्णय सार्वजनिक नहुनु रहस्यमय

हेटौँडा । सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख छ ।   सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुगुमा १०८ जनालाई खाद्य सामग्री, अगाउन्जेल भात खुवाउन पाएकोमा खुशी

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका १४ वटै वडाका १ सय ८ जना विपन्न, असहाय तथा एकल, टुहुरा, सडकमा बस्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको छ ।   बौद्ध धर्मालम्बीहरुका अनुसार गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा नगरपालिकाले १४ वटै वडाका एक सय आठ जना […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री

काठमाडौँ, २९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएका छन् ।     नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल–भारत बीच व्यापार,पारवहन र लगानीमा सहयोगलाई तीब्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

विद्यार्थीलाई कपाल काट्ने तालिम 

म्याग्दी, २९ जेठ । यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ ।   बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी गछौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८,९ र ११ मा पढ्ने २५ जना विद्यार्थीलाई उनीहरुको रुचीअनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको विद्यालयका प्रधानअध्यापक दिपक श्रेष्ठले बताए ।   “विद्यार्थीहरुको माग र रुचीअनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो,” उनले भने, “यही जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौँ ।” विद्यार्थीलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने तालिम दिइरहेका छन् ।     दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

२०२८ सम्ममा सबै पालिकालाई बाल श्रममुक्त गर्ने लक्ष्य छ : नारायण प्रसाद भट्टराई

बाल श्रममुक्त समाज निर्माण गर्न शिक्षाको आवश्यकता पर्छ । गरिब, विपन्न परिवारका बालबालिकालाई बढी प्राथमिकतामा राख्यो भने बाल श्रमिकको सख्यां घट्न सक्छ । नारायण प्रसाद भट्टराई राष्ट्रिय परियोजना संयोजक अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), नेपाल   काठमाडौं । आज नेपाललगायत विश्वभर विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

धार्मिक पर्यटन प्रवद्र्धन गर्न गुम्बा निर्माण

भोजपुर, २९ जेठ । षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो ।   षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड २० लाख […]