२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतमा भएको विमान दुर्घटनामा परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्न चाहेको बताएकी हुन् ।     ‘भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डिया एआई १७१ विमान दुर्घटनाको बारेमा सुनेर म अत्यन्तै दुःखी छु’ उनले भनेकी छन्, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभाको बैठक स¥यो

काठमाडौँ, २९ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक ५ः३० बजेपछि बस्ने गरी सरेको छ ।     संसद् सचिवालयकाअनुसार विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि बैठक सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।     भिजिट भिसा प्रकरणको विषय उठाएर छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा जसपाको काठमाडौं उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौंमा मधेसीहरु हेपिएको भन्दै आफ्नो हकको लागि एकढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाडौं उपत्यका गठन गरिएको जानकारी दिए ।   उनले भने,‘ मधेसीलाई हरेक कुरामा […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

रौतहट । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् ।     कालो मोसो प्रहार गर्दै उनीहरुले नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभाबाट असार १५ भित्रै शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठकको उद्घान समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।     ‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली तनहुँ, २९ जेठ । जिल्लाको भिमाद नगरपालिका -१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो ।     लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता […]

बागमती मुख्‍य समाचार समाचार समाज

भिनाजुले गरे सालोको हत्या

रामेछाप । रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । कोठामा एक्लै बसी रहेको अवस्थामा लबकुमारका भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको   जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत

काठमाडौं । मौसमविद्हरुले छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सँधै सक्रिय नहुने उनीहरुको भनाई छ । जल तथा मौसम विभागकी प्रवक्ता विभूती पोखरेलले मनसुन भित्रिसके पनि सँधै सक्रिय नहुने भन्दै विस्तारै मौसममा फेरबदल भइरहेको प्रतिक्रिया दिइन् ।     ‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अहमदाबादमा विमान दुर्घटना : राहत र उद्धार प्रभावकारी बनाउन मोदीको निर्देशन

एजेन्सी । गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएपछि चौतर्फी प्रतिक्रिया आइरहेको छ ।  उडानका यात्रुहरूको सूची पनि सार्वजनिक गरिएको छ ।     घट्नापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राम मोहन नायडू र गृहमन्त्री अमित शाहसँग संवादगरी राहत र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री मोदीले […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी कोटिहोममा कथा बाचकपछि चर्चामा छन् दुई उदघोषक

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा  उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्रमुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले ।   हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ जसका कारण भक्तजन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पत्रकार नेताहरुको आक्रोश : अदालतको अदेशविरुद्ध आन्दोलन गर्छौं

काठमाडौं । मिडियामाथि अदालतको अंकुश संविधान, कानुन र अन्तर्राष्ट्रिय मुल्य र मान्यता विपरित भएको भन्दै पत्रकारका नेताहरु आक्रोशित भएका छन् । बिहीबार राजधानीको संवाद डबलीले आयोजना गरेको ‘प्रेस स्वतन्त्रतामाथि अदालतको ठाडो हस्तक्षेप र निकास’ विषयक अन्तरक्रियामा पत्रकार संगठनका नेताहरुले अदालतको आदेशविरुद्ध सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।   प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सात घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

रौतहट । रौतहटमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले गरेको चक्काजाम करीब सातघण्टा पछि खुलेको छ ।     चन्द्रपुर नगरपालिका–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको सवारी साधनको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले विहीबारवार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म पूर्व–पश्चिम राजमार्गको बागमती सडक खण्डमा चक्काजाम गरेका हुन् ।     ठक्कर दिने […]