केरा गाउँ ‘बाँस्टारी’
वालिङ (स्याङ्जा), २७ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् । बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गर्नुभएको थियो । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थाल्नुभएको छ । […]










