२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

आजको मौसमः यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको महाशाखाले जनाएको छ।   आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ भने दिउँसो देशभर साधारणतया बदली […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ।   शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।   सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।   देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।   नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।   बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो।   सन् २०२२ यता  सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन […]

बागमती मुख्‍य समाचार विचार समाचार

पर्यटकको क्षेत्रमा नयाँ आयाम र आकाशमा पाइला राख्ने सपनाको सुरूआत : काठमाडौंको स्काई वाक

काठमाडौं । नेपालको राजधानी काठमाडौंमा निर्माण भएको स्काई वाक टावर पछिल्लो समय अत्यधिक चर्चामा छ । नेपालको पहिलो यस्तो किसिमको संरचना भएकाले यसप्रति आम जनताको चासो दिनानुदिन बढिरहेको छ । आकाश छुन खोज्ने यो नयाँ संरचना अहिले पर्यटक तथा स्थानियहरूको प्रमुख आकर्षण बनेको छ ।   नयाँ प्रविधियुक्त संरचना, सुरक्षायुक्त डिजाइन, र मनोरञ्जनको नयाँ शैली […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् ।   आइतबार शुभकामना दिँदै उनले भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवद्र्धनका निम्ति अतुलनीय योगदान पुर्याएको बताए ।   उनले भने,‘भानुभक्तले नेपाली भाषालाई जनताको भाषा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विभिन्न कार्यक्रम गरेर आज २१२ औँ भानु जयन्ती मनाइँदै

काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइँदैछ ।   विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानु भक्त आचार्यको जन्म परिवारमा भएको हो।   ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् ।   आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए ।   उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती ।   आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको […]

बागमती मुख्‍य समाचार समाचार समाज

पूर्व आयुक्त इला शर्माको निधन

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।   शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।   शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।   शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ ।   दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।   यस्तै, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक– २०८२ प्रस्तुत गर्ने छन् […]

बागमती मुख्‍य समाचार समाचार

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति शुक्रबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नीति सार्वजनिक गरेका हुन् ।   देशका हिमाली क्षेत्रका ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा अहिलेको चुनौतीसँग […]

बागमती मुख्‍य समाचार समाचार

औषधि लिमिटेडलाई आधारभूत औषधि उत्पादन केन्द्रका रूपमा विकास गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, २७ असार । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको आधारभूत औषधि उत्पादनको प्रमुख एकाइका रूपमा विकास गर्न सरकारलाई निर्देशन दिएको छ ।   समितिको आजको बैठकले सो कम्पनीलाई उत्पादन अभिवृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी वित्तीय आवश्यकताको परिपूर्ति गर्न अर्थमन्त्रालयलाई […]