२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरको कृष्णपुरमा १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन

२९ असार, काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।   छाउगोठमा सतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएपछि नगरपालिकाले म्याद दिएर छाउगोठ भत्काउन निर्देशन दिएको हो ।   शुक्रबार साँझ सर्पले टोकेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । कमलालाई सर्पले बाँया […]

बागमती मुख्‍य समाचार विचार समाचार

मेलम्ची गुफाडाँडाको विकासमा संघ र प्रदेशले सहयोग नगरेको गुनासो

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको रमणीय गुफाडाँडा पर्यटकीय स्थलको विकासमा संघ र प्रदेश सरकारले असहयोग गरेको स्थानीयबासीले दुखेसो गरेका छन् ।   ०७५ साल पुस १६ र १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक जलवायु सम्मेलनको उद्घाटन गरिएको उक्त स्थानलाई संघीय र प्रदेश सरकारले प्रतिवद्धता अनुसार काम नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।   आईतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ । नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केहि घटेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरुले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।   अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ । उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवद्र्धन […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री

काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।   आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो […]

बागमती मुख्‍य समाचार विचार समाचार

‘पर्यटकको क्षेत्रमा नयाँ आयाम र आकाशमा पाइला राख्ने सपनाको सुरूआत : काठमाडौंको स्काई वाक’

काठमाडौं । नेपालको राजधानी काठमाडौंमा निर्माण भएको स्काई वाक टावर पछिल्लो समय अत्यधिक चर्चामा छ । नेपालको पहिलो यस्तो किसिमको संरचना भएकाले यसप्रति आम जनताको चासो दिनानुदिन बढिरहेको छ । आकाश छुन खोज्ने यो नयाँ संरचना अहिले पर्यटक तथा स्थानियहरूको प्रमुख आकर्षण बनेको छ ।   नयाँ प्रविधियुक्त संरचना, सुरक्षायुक्त डिजाइन, र मनोरञ्जनको नयाँ शैली […]

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल

पाँचथर, २९ असार । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन् । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ ।   तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर […]

बागमती मुख्‍य समाचार विचार समाचार

नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्याले बोल्ने भाषा ठूला भाषा र बाहिरी भाषाको चपेटामा पर्दा हराउँदै गइरहेकोमा चिन्ता […]

बागमती मुख्‍य समाचार समाचार

‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् ।   आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले भानुभक्तको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण नगरी उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व […]

कर्णाली मुख्‍य समाचार विचार समाचार

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमती

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमती प्राप्त गरेको छ ।   विद्युत विकास विभागको असार १५ गतेको निर्णय अनुसार शुक्रबार परियोजनालाई निर्माणको अनुमती दिइएको हो । बेतन कर्णाली जलविद्युत आयोजनाभन्दा उत्तर तर्फ भारतीय कम्पनी ग्रान्धी मल्लीकार्जुन राओ (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अपर कर्णाली हाइड्रोपावर सँगको सिमाना […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।   न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) […]