२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार

एनआरएनए महाधिवेशन र विश्व सम्मेलनका लागि ७२ हजार सदस्यता वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को डा. बद्री केसी पक्षले आफ्नो १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीलाई तीव्र बनाएको जनाएको छ । संघका अध्यक्ष डा. केसी नेतृत्वको कार्यसमितिले हालसम्मको कार्यकालमा गरेका उपलब्धिहरू र आगामी योजना सार्वजनिक गर्न आइतबार एक पत्रकार सम्मेलनको आयोजना गदै विश्व सम्मेलनका बारे जानकारी दिएको हो ।   संघका प्रवक्ता […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

पार्टीभित्रको एकता मजबुत बनाइए एमालेलाई कसैले पराजित गर्न सक्दैन : अध्यक्ष ओली

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् ।   नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी […]

बागमती मुख्‍य समाचार समाचार

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापति परिणत

काठमाडौँ, २९ असार । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त अध्ययन समितिमा सभापति रहने सहमति दिएको हो । सभामुख देवराज घिमिरेले समिति गठन भएको दिनबाटै लागू हुनेगरी […]

अर्थ मुख्‍य समाचार समाचार

असार ३२ गते काठमाडौं महानगरको बजेट पारित गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ । चालु आर्थिक वर्षको ०८१/८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो ।   आइतबार बसेको १७ औं नगरसभाको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।   उनले आगामी आर्थिक बर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार […]

मधेश मुख्‍य समाचार समाचार

शिक्षकले छात्रालाई जिस्काएपछि विद्यालय तोडफोड

रौतहट । श्री माध्यमिक विद्यालय गरुडा–९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ । छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो ।   विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी […]

बागमती मुख्‍य समाचार समाचार

मौद्रिक नीतिप्रति चेम्बर सकारात्मक : वित्तीय सहजिकरण उन्मुख छ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न […]

बागमती मुख्‍य समाचार समाचार

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।   बजेट ल्याउनुअघि राष्ट्रियसभा गृहमा भइरहेको नगरसभा बैठकमा मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएका हुन् । उनले नगरसभाको बैठकमा १९ बुँदे नीति तथा कार्यक्रम […]

बागमती मुख्‍य समाचार विचार समाचार

काष्ठकलाको नमूना ‘पूर्णज म्यूजियम रिसोर्ट’ : जहाँ परम्परा र इतिहास बाँचेको छ

ललितपुर । नेपाली सभ्यता र संस्कृतिको विकासको इतिहासमा नेपालको कलाको महत्वपूर्ण स्थान छ । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान अझ महत्वपूर्ण छ । सिमेन्ट, गिट्टी र वालुवाको बढ्दो प्रयोगले काष्ठकला हराउँदै गएको छ ।   समय र प्रविधिले कला क्षेत्रमासमेत प्रभाव पारिरहेका बेला काष्ठकला पनि पुस्तेनी एवम परम्परागत सीपमा मात्र सिमित हुन पुगेको छ । […]

अर्थ मुख्‍य समाचार समाचार

मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उछाल, करिब साढे ११ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उछाल आएको छ । आज(आइतबार) बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेको थियो ।   साताको पहिलो कारोबार दिन २९ अंकले बढेर २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार

सिक्किममा भानुको सम्झना, राज्यपाल र मुख्यमन्त्रीले गरे प्रशंसा

काठमाडौं । उत्तरपूर्वी भारतको सिक्किममा नेपालमा जन्मिएका आदिकवी भानुभक्त आचार्यको २११ औं भानु जयन्ती मनाइएको छ । गान्तोकको भानु उद्यानमा आयोजित समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्बोधन गरे ।   समारोहमा उपस्थितहरुले भानुको प्रतिमामा माल्यार्पण गरे । सो अवसरमा माथुरले प्रथम पद्मश्री सम्मानित लेखक सानु लामालाई श्रद्धाञ्जली अर्पण गर्दै […]

बागमती मुख्‍य समाचार समाचार

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउँदै प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषामा साहित्य सिर्जना गरि नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बँगैचाका रूपमा सिँगार्न सक्नुपर्ने बताएका छन् ।   २१२औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आयोजित […]