२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’

तानसेन (पाल्पा), ३० असार । पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ । रिब्दीकोट गाउँपालिका–२ का टिकाबहादुर राना तीनैमध्येका एक हुन्। उनी […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर, ३० असार । शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ । यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ । हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न […]

मधेश मुख्‍य समाचार समाचार समाज

पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा बिहानैदेखि दशनार्थीको भीड

वीरगञ्ज (पर्सा), ३० असार । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुुइँचो लागेको छ । आज साउन कृष्ण चतुर्थी भएकाले मन्दिरमा स्वदेशी र भारतीय दर्शनार्थीहरूको भीड लागेको छ । पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले दुग्धेश्वनाथ महादेव मन्दिर अर्थात् रामभौरी भाथा धाममा यही असार २७ गतेदेखि नै दशनार्थीहरूको सहभागी […]

कोशी मुख्‍य समाचार विचार समाचार

कोशीका मुख्यमन्त्री र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ ।   मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत संचालन गरेका परियोजनाहरूमा आभार व्यक्त गरे ।   उनले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्ति परादर्शी र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेका हुन् ।   विद्यालय शिक्षा ऐन जारी गर्न […]

मधेश मुख्‍य समाचार विचार समाचार

मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु

काठमाडौंः मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो ।   साथै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको […]

कोशी मुख्‍य समाचार समाचार

ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर, ३० असार । यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो ।   वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । […]

बागमती मुख्‍य समाचार समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।   बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

कोशी मुख्‍य समाचार समाचार

दमक–चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन

फिक्कल (इलाम), ३० असार । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिकाहुँदै पाँचथरको चिसापनी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो । तर, सडक निर्माणले पूर्णता पाउन भने सकेको छैन । स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय छ । ३३ किलोमिटरको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।   आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।   यसैगरी […]

कोशी मुख्‍य समाचार समाचार

गोली प्रहारबाट किशोरीको मृत्यु

इनरुवा (सुनसरी), ३० असार । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।   घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।   न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) […]