३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

संविधानसभा सदस्य यादवको निधन

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको उपचारका क्रममा निधन भएको छ । मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।   स्वास्थमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारितका लागि प्रस्तुत गरिने

काठमाडौं । आज सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।   आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा […]

बागमती मुख्‍य समाचार विचार समाचार

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री

काठमाडौँ, १७ असार । गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताएका छन् ।   राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२  अन्तर्गत गृह  मन्त्रालयको  विनियोजन  शीर्षकमाथि  राष्ट्रियसभाका सदस्यहरुले गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षा निकायहरुको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा जवाफ दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले न्यून स्रोत र साधनमा काम गरिरहेको उल्लेख गरे ।   “हामीले आर्थिक वर्ष २०८२/८३ का लागि उपलब्ध बजेटको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

तिम्ल्याहाले घरमै पाए नागरिकता

झापा, १७ असार । विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए ।   तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएकी हुन् । उनीहरुमध्ये […]

बागमती मुख्‍य समाचार विचार समाचार

संसदमा आएका विधेयक हेरफेर हुनु गलत छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसद्मा आइसकेपछि हेरफेर हुनु अपराध भएको बताएका छन् ।   मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले समितिबाट संसदमा आएका विधेयक हेरफेर हुनु गलत भएको र कसैलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसदको अपमान हो : शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्थासहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई ‘संसदको अपमान’ भनेका छन्।   मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप […]

बागमती मुख्‍य समाचार विचार समाचार

‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए ।   […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

तिलाहारमा बेठीका साथ रोपाइँ

भोजपुर, १७ असार । तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् । गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए । उत्सवका साथ रोपाइँ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

ढोरपाटन (बागलुङ), १७ असार । बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिनुहुन्छ चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उहाँ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन् ।   मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसुचक निरन्तर वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ९.१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो । नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।   आज कुल ३०९ स्टकको ७ अर्ब […]