३१ असार २०८३, बुधबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

झापामा कोभिडका आठजना सङ्क्रमित फेला

बनियानी (झापा), १७ असार । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।     “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उनले भने, “अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।”  नयाँ खोप तालिकाअनुसार […]

बागमती मुख्‍य समाचार विचार समाचार

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल उल्लेखित प्रावधानहरुबारे संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।   नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिई […]

बागमती मुख्‍य समाचार विचार समाचार

विपद्को समयमा निजी हेलिकप्टरको निशुल्क प्रयोगबारे सम्झौता

काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   मंगलबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन् ।   संयुक्त राष्ट्र सङ्घको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका उनले उक्त उच्चस्तरीय बैठकको अध्यक्षता गरेका हुन् ।   यही असार १६ देखि १९ गतेसम्म आयोजना भइरहेको संयुक्त […]

बागमती मुख्‍य समाचार विचार समाचार

सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् ।   मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् । उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म […]

बागमती मुख्‍य समाचार विचार समाचार

नागरिकता विधेयक पारित भएपछि गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन् । प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन् ।   गृहमन्त्रीसँगको भेटपछि थापाले सामाजिक संजालमा लेखेकी छिन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादाखेरी बाबुको खोजी हुन्छ ! तर आमाको […]

बागमती मुख्‍य समाचार विचार समाचार

कुलिङ पिरियडमा दोषि देखिए कारवाही भोग्न तयार छु : सभापति खतिवडा

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषि ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन् ।   मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठूलो गल्ती कानून बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए । उनले भने, ‘संसदमाथिको […]

बागमती मुख्‍य समाचार समाचार

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर, १७ असार । कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले  र १९ वर्षीय राजेन्द्र लामा छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, […]

बागमती मुख्‍य समाचार विचार समाचार

रामहरि खतिवडामाथि राजीनामाको दबाब

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडका विषयमा विवाद चर्किएको छ । प्रतिपक्षमात्र नभइ सत्तापक्षकै सांसदहरुले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द थपिएकाप्रति असन्तुष्टि जनाएका छन् ।   माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’को व्यवस्थाका विषयमा गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

कांग्रेस महाधिवेशनको मिति र कार्यतालिका तत्काल तय गर्न संग्रौलाको माग

ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले आन्तरिक मनमुटाव र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने बेला आएको बताएकी छिन् ।   नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार धारणा राख्दै पन्तले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको औल्याइएन् ।   यसैगरी, नेता–कार्यकर्ताबीच एकताको […]

बागमती मुख्‍य समाचार विचार समाचार

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन् ।   मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन् ।   उनले […]

बागमती मुख्‍य समाचार समाचार

दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

चितवन, १७ असार । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ ।   नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ ।     यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान […]