३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाको व्यापारी भएको बताएका छन् ।   संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ ।   उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।   आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।   हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो ।   सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

उज्वेकिस्तानसँग नेपाल पराजित, एशियन कप खेल्नबाट बञ्चीत

काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।   एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गतको निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।   योसँगै नेपालले अब सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्नबाट बञ्चीत भएको छ ।   निर्धारित […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विभिन्न आठ वटा संसदीय समितिको बैठक बस्दै ,यस्तो छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का विभिन्न आठ वटा समितिका बैठक आज बस्दैछन् ।   प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । राष्ट्रियसभातर्फको […]

मुख्‍य समाचार समाचार

एसईईमा उत्कृष्ट जिपिए ल्याएर उतीर्ण हुने थारु विद्यार्थीहरुलाई थाविसले सम्मान गर्ने

काठमाडौं । थारु विद्यार्थी समाजले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक सार्वजनिक गरेसँगै उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरुलाई थारु विद्यार्थी समाजले सम्मान गर्न लागेको हो । थारु विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले एसईई मा राम्रो ग्रेड ल्याएर उतिर्ण भएका […]

मधेश मुख्‍य समाचार विचार समाचार

सिरहामा लागुऔषधसहित दुई पक्राउ, नगद, ब्राउन सुगर र सुनका गहना बरामद

सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए ।   उनी आज शुक्रबार स्वदेश फिर्ता भएका हुन् । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्म जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने,‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, उहाँ शान्तिको पनि नेता हो ।’   राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने […]

मधेश मुख्‍य समाचार समाचार

१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद

रौतहट । पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ बाट अवैध रुपले भण्डारण गरी राखिएको करीब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो ।   छपकैया र नदिया टोलका विभिन्न घरहरूमा लुकाइ राखिएको […]

बागमती मुख्‍य समाचार समाचार

इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते

हेटौँटा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।   शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   प्रहरीका अनुसार सडकको घुम्तीमा ब्रेक लगाएपछि गाडीको टायर चिप्लिएर सवारी करिब १५ मिटर […]