३० असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।   ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लागत नजिक अण्डाको मूल्य

नारायणगढ (चितवन), २० असार । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।   अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

काठमाडौँ, २० असार । चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गरेको छ । बोर्ड स्थापना भएको २५ वर्ष पूरा भएको उपलक्ष्यमा घोषणा गरिए अनुसार चलचित्र दर्ता, जाँच सिफारिस, घर इजाजत, चलचित्र महोत्सव आयोजना स्वीकृतिलगायतका ३३ प्रकारका सेवाका लागि अब कार्यालय जान नपर्ने भएको छ ।   यसका साथै बोर्डले ‘बक्सअफिस २ […]

बागमती मुख्‍य समाचार विचार समाचार

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन नभएको पाइएको छ । जिल्ला हुलाक कार्यालय रामेछापद्वारा गरिएको अनुगमनमा ४७ सरकारी निकायमध्ये २१ संस्थाले अनिवार्य सूचनाहरू स्वतः प्रकाशित नगरेको तथ्य सार्वजनिक भएको हो ।   सूचना अधिकारी तोक्ने, सम्पर्क विवरण र सेवा प्रक्रिया सार्वजनिक गर्ने, हरेक तीन महिनामा नियमित रूपमा जानकारी […]

बागमती मुख्‍य समाचार विचार समाचार

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।   शुक्रवार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले विधेयक सरकारले मात्र होइन, सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट (हुम्ला), २० असार । हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ (स्याङ्जा), २० असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती  सुरु गरिएको हो । बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर […]

बागमती मुख्‍य समाचार समाचार

प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल

हेटौंडा । बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ ।   प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका बीचमा नेता थपलिया निदाएको अवस्थामा क्यामेरामा कैद भएका हुन् । बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन् ।   सार्वजनिक भएको […]

बागमती मुख्‍य समाचार समाचार

भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।   नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् ।   उनले भने, ‘निजी […]

पर्यटन मधेश मुख्‍य समाचार समाचार

मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा

महेन्द्रनगर (धनुषा), २० असार । जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।   सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिए ।   रु १८ करोड ९१ लाखभन्दा बढीको […]

बागमती मुख्‍य समाचार विचार समाचार

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज, पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट यो वर्ष १३७ जना विद्यार्थी दीक्षित भएका छन् ।   सातौँ दिक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बीबीए अध्ययन गरेका १३७ विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा बोल्दै क्याम्पसका अध्यक्ष ई.पंकज जालानले भने, ‘कलेज सकेर […]