२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ, १६ साउन : निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

वाग्मती, १६ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन । उनले संसदीय दलको नेताबाट विश्वास गुमाइसकेका भएकाले […]

बागमती मुख्‍य समाचार राजनीति

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला […]

बागमती मुख्‍य समाचार समाज

आजको मौसम : बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ८६ पैसा र बिक्री दर १४० रुपियाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १० पैसा र बिक्रीदर ९० रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ […]

मधेश मुख्‍य समाचार समाज

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक विमा सुविधाको पहल सुरु

जनकपुर । सप्तरीको रूपनी गाउँपालिका– २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक वीमा पीडित परिवारले पाउने गरी पहल सुरु गरेको छ । खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली बिहीबार (आज) घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर विमा […]

खेलकुद बागमती मुख्‍य समाचार

तेक्वान्दो टोली थाइल्यान्ड जादैँ

काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छन् । अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् । महिला २३ […]

कर्णाली मुख्‍य समाचार समाज

वीरेन्द्रनगरका सबै वडामा सीसीटिभी क्यामेरा जडान गरिने

सुर्खेत । वीरेन्द्रनगरको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिने भएको छ । सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमबीच बुधबार सम्झौता गरिएको छ । नगरपालिकाका विभिन्न स्थानहरुमा तीन सय पचास क्यामरा जडान गरिने छ । सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र एक सय  क्यामेरा जडान गरिने […]

बागमती मुख्‍य समाचार राजनीति

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्दैँछ । शुक्रबार प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति गरि चार समितिको बैठक बस्न लागिएको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

नेपालका सडकमार्ग : हत्केलामा ज्यान छ, छैन् पूर्वसूचना र सावधानी

काठमाडौं । बर्षा लागेसँगै देशका अधिकांश राजमार्गहरु यात्राका लागि जोखिमपूर्ण अवस्थामा छन् । पहिरोले अवरुद्ध हुनेमात्र नभइ ठूला ढुंगाहरु खस्ने वा सडक भासिने जोखिम पनि बढ्दो छ । तथापी, जोखिमका बाबजुत लामो वा छोटो दुरीका सार्वजनिक यातायातहरुले सेवा दिइरहेका छन् । बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिड्नु परिरहेको अनुभव सवारी चालकहरुले सुनाउने गरेका छन् […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० […]

बागमती मुख्‍य समाचार विशेष समाचार

युरोप भ्रमण सकेर फर्कियो प्याब्सन टोली, शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासबाट लाभ हुने अपेक्षा

काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको नेतृत्वमा डेनमार्क, स्विडेन र फिनल्यान्डको शैक्षिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएको छ । भ्रमण टोलीमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डीके ढुंगाना, महासचिव आरबी कटवालसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो । ग्लोबल हेल्प फाउन्डेसनको संयोजनमा सम्पन्न उक्त भ्रमणको […]