२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाज

नहरले बगाउँदा वृद्धको मृत्यु

रामपुर पाल्पा, १६ साउनः रामपुुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए । घरबाट एक्लै निस्किएका उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर […]

बागमती मुख्‍य समाचार

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

भद्रपुर झापा, १६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगत्ले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए छ । प्रेस क्लब भद्रपुरको कार्यालय उद्घाटन गर्दै आज उहाँले पत्रकारिता पेसा नीतिगत रूपमा सरकारका राम्रा कामको प्रचार–प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताए। पत्रकारिता केवल समाचार सङ्कलन मात्र नभई […]

बागमती मुख्‍य समाचार समाचार

जलविद्युतको विकास गर्न जनशक्तिलाई सीपयुक्त बनाउनुपर्छ ः मन्त्री खड्का

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् । खाँदबारी नगरपालिका  १ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले भने,‘सङ्खुवासभा जलविद्युत ठूलो सम्भावना बोकेको जिल्ला हो । यहाँ अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, […]

बागमती मुख्‍य समाचार समाज

राष्ट्रिय गौरवको आयोजनामा २६ प्रतिशत भौतिक प्रगति भएको जानकारी

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजना सम्बन्धी प्रगति, समस्या तथा समाधानका प्रयासबारे छलफल भएको छ । बैठकमा समितिका सदस्यहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनाहरुको हालको अवस्था, समस्या र समाधान प्रयासबारे जानकारी दिइन् […]

बागमती मुख्‍य समाचार समाचार

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको च्यारिटी डिनरमा सांगीतिक रमझम

काठमाडौं । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले केन्टस्थित सेन्ट माईकल कम्युनिटी सेन्टर, वेलिङमा पाँचौँ च्यारिटी डिनर नाइटको आयोजना गरेको छ । संस्थाका अध्यक्ष चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका मूलगुरु खेन रिम्पोछे शिरलामा गुरुङ रहेका थिए । गुरु खेन्पो नरेश गुरुङको अगुवाइमा उपासक तथा उपासिकाहरूले सामूहिक अष्टमंगल प्रार्थना वाचन गरी कार्यक्रमको विधिवत् सुरुवात गरेका […]

बागमती मुख्‍य समाचार समाचार

‘केसीसी एक्जिबेट २०२५’सुरु, मन्त्री गुरुङले गरे उद्घाटन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)को ‘केसीसी एक्जिबेट २०२५’सुरु भएको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एक्जिबेटको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा मन्त्री गुरुङ्ले आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक रहेको बताए । आइटी क्षेत्रमा विश्वका धेरै मूलुकहरु अघि बढिसक्दा पनि नेपाल पछाडि परेको […]

मुख्‍य समाचार समाचार

मध्यभोटे कोशीमा आवश्यक सबै पुर्वपरीक्षण गरी तयारी हालतमा रहन निर्देशक निर्देशन शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन्  । पुर्णत स्वदेशी शिप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाको रुपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो । ‘निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिए ।’ प्राधिकरण स्रोतले भन्यो । यसका साथै पावरहाउस लगायतका सबै पुर्वधारहरु भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिएका छन् । ‘उनले पावरु हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउनसक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिए ।’ स्रोतको भनाइ थियो । लामो समयको प्रतिक्षा पछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोशी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो ।  बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहने  आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन  । सुरुमा बाह्रविसे – लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरु सँग सहमती हुननसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केवर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो । विसं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुनसकेको थिएन  ।    

बागमती मुख्‍य समाचार विशेष समाचार

फाइभ जी नेटवर्क जति सक्दा छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पर्यटन प्रवद्र्धनको ढोका होटल व्यवसायी नै हुन् : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटल व्यवसायलाई पर्यटन प्रवद्र्धनको मूल आधारको रूपमा अघि सार्नुपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गरेका हुन् । ‘भौतिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लागूऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताएका हुन् । उनले भने, ‘लागूऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । उक्त पूर्ण खोप घोषणा गर्दै  प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए । उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै  त्यसको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ को सम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, […]