२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने कुरा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ । भारत, चीनलगायत अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनेगरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्रको निर्माणलगायतका विषयमा पनि छलफल भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत उपस्थित थिए । आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमश ः छलफल गर्ने कार्यक्रम छ ।  

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता शेयर आजदेखि बिक्रीमा राखेको हो । कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै यो सुचना जारी भएको ३५ दिभित्र शेयर खरिदका लागि आवेदन दिन सक्छन् । लगानीकर्ताले प्रतिकित्ता २०३ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् । अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए । कार्यक्रममा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सुख्खाग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?

काठमाडौं । लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययम देखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरि परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्री दर १४० रुपियाँ ३७ पैसा कायम भएको  छ। यस्तै,युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ५१ पैसा र बिक्रीदर १६० रुपियाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् । मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

एजेन्सी । दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ । सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतंककारीलाई निष्क्रिय पारिएको छ । शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए । उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो […]

बागमती मुख्‍य समाचार

दुईवटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठके बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । साथै समितिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित […]

मुख्‍य समाचार लुम्बिनी समाचार

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर  सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। वि.सं. २०७०  मा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त  गरेको हो […]