२० आश्विन २०८३, मंगलवार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

काठमाडौं । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको नयाँ सिनेमा ‘जलाकी’ पोस्टर सार्वजानिक गरिएको छ । सोमबार अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको हो । सिनेमाको सार्वजनिक पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज समापन हुँदैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार देखि जारी बैठकमा कमिटीका सदस्यहरुले राखेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिदै बैठक समापन हुने नेकपा माओवादी केन्द्र सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्नेछन् । बैठकमा […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

आफुमाथि झुटा मुद्दा लगाएइएको जसपा नेता यादवको दाबी

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर आफुमाथि झुटा मुद्दा लगाएको दाबी गरेका छन् । आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे । […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

दरमखोला हाईड्रोको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ देखि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० रुपैयाँ, आलु […]

बागमती मुख्‍य समाचार समाज

कैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभि भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरुको […]

मधेश मुख्‍य समाचार समाचार

मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने

काठमाडौं । मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सकिएको अवस्था थियो […]

बागमती मनोरन्जन मुख्‍य समाचार

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताए । उनले भने, ‘बोलबम […]

बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश सभामुख पाठकद्वारा नयाँ प्रदेश सभा भवनको अनुगमन

हेटौंडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सोमबार हेटौंडामा निर्माण सम्पन्न भएको नयाँ प्रदेश सभा भवनको अनुगमन गरेका छन्। सभामुख पाठकले भवनको सभा कक्ष, सचिवालय कक्ष, सञ्चार सुविधा, बैठक स्थल लगायतका भौतिक संरचनाको निरीक्षण गर्दै निर्माणको गुणस्तर, प्रविधि र सुविधा सम्बन्धी जानकारी लिएका थिए । उनले अनुगमनका क्रममा सम्बन्धित निकायलाई भवन सञ्चालनका लागि आवश्यक […]

बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यसूचीमा तय गरिएको छ । बैठकमा संघीय संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को सम्बन्धमा […]