२० आश्विन २०८३, मंगलवार
कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार

कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले वर्तमान सुरक्षा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

दुईवटा संसदीय समितको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाज

बहुविवाहलाई मान्यता दिने कानुनी मस्यौदा विरुद्ध दिमा आमा घरको आपत्ति

मुगु । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पार्दै गरेको बहुविवाहलाई कानुनी मान्यता दिने सम्बन्धी मस्यौदा विरुद्ध जुम्लाको एक सामाजिक संस्था दिमा आमा घरले गम्भीर आपत्ति जनाएको छ । संस्थाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत सिंहदरबार, काठमाडौं स्थित मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त कानुनी प्रस्ताव खारेज गर्न माग गरेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार मध्यरात त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा […]

मुख्‍य समाचार समाचार

१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलामा नगर प्रमुख भट्टराईले आमरण अनशन तोडेका हुन् । मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए । सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आज आमरण अनशन तोडेका छन् । भट्टराईले बाँसलाई बिल्डिङ […]

मुख्‍य समाचार राजनीति समाचार

सत्ता सञ्चालकहरु फासिजमतिर उन्मुखछन् : विप्लव

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार काठमाडौमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गरे । विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै […]

मधेश मनोरन्जन मुख्‍य समाचार समाज

सुरु भयो राखीको चहलपहल

महोत्तरी, १८ साउनः मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ । साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

तीन दिनदेखि महिला बेपत्ता

बैतडी, १८ साउनः सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् । यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए। भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । […]

मुख्‍य समाचार समाचार

हाजिरीको विषयमा विवाद हुँदा थारू आयोगकी सदस्य मोदीले कार्यबाहक अध्यक्ष सिंहलाई कार्यकक्षभित्रै थुनिन्

काठमाडौं। थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्‍य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ । आयोगका सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब […]

अर्थ बागमती मुख्‍य समाचार

शेयर बजारमा गिरावटः एकैदिनमा ६३.७३ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ६३.७३ अंकले घटेसँगै शेयर बजारमा ठुलो गिरावट आएको छ । आज नेप्से परिसुचक २.१८ प्रतिशतले घट्दै २८५८.९० बिन्दुमा झरेर रोकिएको छ । यसअघि तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ । यस दिन कुल ३१९ स्टकको १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार कुल १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स १०.३७ अंकले घटेको छ । फ्लोट इण्डेक्स ४.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.५२ अंकले घटेको छ । यसदिन ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १०४.३० रुपैयाँले बढेर ११४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता १९.२७ रुपैयाँले बढेर २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, थ्रि स्टार हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ३९.८४ रुपैयाँले बढेर ९१५.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नारायणी विकास बैंकको शेयर मूल्यपनि प्रतिकित्ता ६४.१० रुपैयाँले बढेर १७२२.८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।     यसदिन सान्भि इनर्जी र समता घरेलु लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर १०÷१० प्रतिशतले घटेको छ । सान्भी इनर्जीको शेयर मूल्य ८९.१० रुपैयाँले घटेर ८०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ११८.६५ रुपैयाँले घटेर १०७२.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।  

बागमती मुख्‍य समाचार समाचार

राहदानी बनाउनेलाई परामर्श सेवा

सिरहा, १८ साउन ः यहाँको इलाका प्रशासन कार्यालय लहानबाट गत आर्थिक वर्ष २०८१÷८२ मा राहदानी बनाउने तीन हजार ३१८ जनाले आप्रवासी स्रोत केन्द्रबाट परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जान चाहनेहरूका लागि कार्यालयभित्रै स्थापना गरिएको स्रोत केन्द्रबाट दिइने यो परामर्श सेवा सशक्त सुरक्षा उपायका रूपमा लिइन्छ । कार्यालय […]

बागमती मुख्‍य समाचार समाचार

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

काठमाडौँ । परम्परागत औजार “ढिकी जाँतो” को नामबाट काठमाडौंमा केही युवाले स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर शहरवासीको भान्सामा पु¥याउने काम जोडतोडले गरिरहेका छन् । कोभिड–१९ को महामारीमा लकडाउन भएर घरमै बसिरहेका बेला चार्टड एकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आइटी इन्जिनियर अश्विन सापकोटा र उनका साथीहरू बीच स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्नलाई सिधैं उपभोक्ताको […]