२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

बानियाँको नेतृत्वमा बागमती प्रदेशको मुख्यमन्त्री पदको दाबी पेश

हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालयमा नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । दाबी पेश गर्न संसदीय दलका नेता बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो । १ सय १० प्रदेश […]

बागमती मुख्‍य समाचार राजनीति

समाजमा भएका विकृति, विसङ्गती र छाडापनहरु त्याग्न आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा अनेरास्ववियूद्वारा आयोजित एसईईमा उतीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै उनले नयाँ समाज र सुन्दर देश बनाउनको लागि समाजमा भएका विकृति, विसङ्गतीहरु र छाडापनहरु त्याग्न आवश्यक रहेको बताए । उनले भने,‘हामी एउटा नयाँ समाज […]

बागमती मुख्‍य समाचार समाचार

माओवादी स्थायी समिति बैठकबाट २६ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयहरूमा २६ बुँदे प्रस्ताव पारित गर्दै देशको राजनीतिक, सामाजिक, आर्थिक तथा कूटनीतिक अवस्थाप्रति धारणा सार्वजनिक गरेको छ । साउन १६ गतेदेखि सुरु भएको बैठक सोमबार सम्पन्न भएको हो । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आन्तरिक संगठनात्मक विषयमा गम्भीर छलफलसहित महत्वपूर्ण निर्णयहरू […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

बर्षाका कारण मुगुमा नौं घर भत्किए, पीडितको विचल्ली

मुगु । अबिरल बर्षाका कारण एक महिनायता मुगुको छायाँनाथ रारा नगरपालिका–१० का नौं घर भत्किँदा वाढी पीडितहरुको बिचल्ली भएको छ । साउन ११ गतेदेखि १४ गतेसम्म परेको अविरल वर्षातका कारण छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँका चार घर पूर्ण र पाँच घर आंशिक रूपले क्षति हुँदा नौं घरपरिवार घरविहीन भइ छिमेकीहरूको घरमा बस्न बाध्य छन् । […]

बागमती मुख्‍य समाचार राजनीति समाज

किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

काठमाडौँ, १९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उनीहरुको भनाइ छ । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरु समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिए। […]

बागमती मुख्‍य समाचार राजनीति

राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छः कावा प्रधानमन्त्री सिंह

गण्डकी, १९ साउनः कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताए । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभामा बहुविवाह कानुनी बनाउने तयारीमाथि तीव्र विरोध

काठमाडौँ, १९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाएका छन् । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै कडा आलोचना गरेका छन् । उनले बहुविवाहको छुट पाउने विधेयकलाई महिला समानता र संविधानप्रदत्त अधिकारमाथिको कुठाराघात रहेको बताए […]

गण्डकी मुख्‍य समाचार समाचार

वहुविवाहलाई मान्यता दिने प्रस्ताव खारेजी गर्न ध्यानाकर्षण 

पोखरा  । बहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनको मस्यौदा खारेजीका साथै महिला तथा बालबालिका संम्बन्धित प्रस्तावित मस्यौदाहरुको परिमार्जन सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएका छन् । सोमबार नेपाल सरकारद्धारा मुलुकी अपराध सहिताको धारा १७५ संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनप्रति खेद प्रकट गर्दै महिला अधिकारको क्षेत्रमा क्रियाशिल ४१ नागरिक समाजहरुले  कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाँउदै चार बुँदे मागसहित ध्यानाकर्षण बुझाएका हुन् । ज्ञापन पत्र माननिय कानुन मन्त्रीज्यू, गण्डकी प्रदेश सरकार पोखरा नेपाल । विषयः बहु बिबाहलाई मान्यता दिने प्रस्तावित कानुनको मस्यौदा खारेजीका साथै अन्य महिला तथा बालबालिका संबन्धि प्रस्तावित मस्यौदाहरुमो परिमार्जन संबन्धमा माननिय कानुन मन्त्रीज्यू प्राकृतिक रुपमा सुसज्जित गण्डकी प्रदेशबाट हामी शान्तिका लागि नागरिक समाजको संजाल, महिला मानव अधिकार रक्षक संजाल र गैसस महासंघ नेपालल र यससंग आवद्ध संघसंस्था तथा मानव अधिकारका क्षेत्रमा कृयासिल सम्पुर्ण संघसंस्था र व्यक्तिहरुको तर्फबाट देशको कानुनि भविश्य र सामाजिक संरचना माथि गंभिर संकट निम्त्याउन सक्ने विषयमा ध्यानाकर्षण गराउन चाहन्छौं । अपराध संघिय सरकारको कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको मुल“ की आचार संहिता संशोधन बहुबिबाह जस्तो सामाजिक अपराधलाई विशेष परिस्थितिमा कानुनी मान्यता दिने प्रावधान समावेश गरेको कुसा सार्वजनिक रुपमा सुन्नमा अएको छ, जुन नेपालको संविधान, महिला अधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित रहेको हाम्रो ठम्याइ छ । नेपाल सरकार महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य महासन्धिको पक्ष राष्ट भएको हैसियतले पनि यो मस्यौदा तयार गर्नु सरकार र सम्पूर्ण नेपालीहरुका लागि लज्जास्पद विषय हो सरकारले यो मस्यौदाको उदेश्य बालबालिकाको अधिकारको रक्षा गर्नु हो भन्ने तर्क अघिसारेता पनि एक अन्याएलाई समाधान गर्न अको ठुलो अन्याएलाई कानुनी संरक्षण दिनु कदापी स्वीकार्य हुन सक्दैन। बालबालिकाका अधिकारलाई संरक्षण गर्न अन्य थुप्रै बैकल्पिक कानुनी व्यवस्थाहरु छन् जसलाई कार्यान्वयनमा ल्याउन सकिन्छ र नभए बनाउन पनि सकिन्छ । बिकल्पहरुको खोजी गर्न छोडेर यस्तो हास्यास्पद मस्यौदा बाहिर ल्याउनु आफैमा उपहासको पात्र बन्नुका साथै यदि यो मस्यौदा पारित भएमा निम्न समस्याहरु निम्तन सक्ने तर्फ ध्यानाकर्ण गराउन चाहन्छौ १. २०७५ भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिताले बहुबिबाहलाई दण्डनिय बनाएर जुन ऐतिहासिक सामाजिक सुधारको थालनी र मानव अधिकारको सम्मान गरेको थियो यो मस्यौदाले त्यसलाई उल्टाउदै समाजलाई पुन प्रतिगमन तर्फ धकेल्नुका साथै थप सामाजिक अपराधहरु निम्त्याउन सक्छ । साथै प्रस्तावित मस्यौदाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको समानताको हक र महिलाहरुको सम्मानपूर्वक बांच्न पाउने अधिकारलाई ठाडै चुनौती दिनुका साथै संबैधानिक मुल्य मान्यताको उलंघन गर्ने छ । २. पहिलो श्रीमतीको सहमति र कानुनी अधिकारलाई बेवास्ता गर्दै देस्रो बिबाहलाई गर्भ वा बच्चाको अधिकार संरक्षण गर्ने नाममा बैधता दिने प्रावधानले महिलालाई केवल बच्चा जन्माउने मेसिनको रुपमा स्थापित गर्दछ । यसले महिलाको महिलाहरुको आत्म सम्मानमा बढावा दिनुका साथै घरेलु हिंसा र मानसिक पिडालाई बढावा दिन्छ । जसले गर्दा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दरलाई पनि बढाउन सक्छ । ३. यदी पुरुषहरु सरह महिलाहरुले पनि सामाजिक सांस्कृतिक मुल्य मान्यतालाई कुल्चीएर कानुनको प्रयोग गलत रुपमा गर्न थाले भने हजारौं पुरुषहरु सजिलै फस्न सक्छन् । जसको भार घर परिवार र राज्यले थेग्न नसक्ने हुन्छ । त्यसैले पनि यो मस्यौदा महिलाहरुका लागि मात्र नभै पुरुषहरुका लागि पन उत्तिकै हानीकारक छ । ४. बालबालिकाको संरक्षणको नाममा महिलाहरुलाई बिचरा बनाएर ल्याउन लागिएको यो मस्यौदा पारित भयो भने पुषुषहरुले २, ३, ४, परिवारको ब्यवस्थापन गर्न बाद्य हुनसक्छन् । यसले पुरुषहरुमा पारिवारिक व्यवस्थापनको दवाव पर्न गै परिवार कलह, तनाव आर्थिक भार र विखन्डनको अवस्था सृजनाहुनुका साथै तनावपूर्ण वातावरणले हत्या आत्महत्याको अवस्थाहरु समेत सृजना हुनसक्छ । जस्ले गर्दा बालबालिकाहरुलाई संरक्षणका लागि ल्याएको कानुनले उनीहरु थप जोखिममा पर्न सक्छन् । ५. दोस्रो संबन्धबाट बच्चा जन्मिएकै आधारमा बिबाह स्वतः मान्यहुने प्रावधानले खराव आचरण वा आनि बानि भएका महिला तथा प्रतिशोध सांचेका महिलाहरुले पुरुषहरुलाई भावनात्मक तथा परिस्थिति जन्य जालझेलमा पारेर बिबाह गर्न बाद्य बनाउन सक्ने जोखिम पनि उक्तिकै देखिन्छ । उपरोत्त कुनै पनि दृष्टिकोणबाट बहुबिबाहलाई कानुनी मान्यता दिनु उचित नदेखिएको हुंदा हामी निम्न मागहरु जेडदार रुपमा प्रस्तुत गर्दछौं । १. यो प्रतिगामी मस्यौदाको विपक्षमा प्रदेश सरकारको तर्फबाट स्पष्ट अडान लिइयोस् र यसलाई तत्काल फिर्ता गराउन संघीय सरकारसमक्ष निर्णायक भूमिका खेलियोस् । २. प्रदेशभित्र महिला अधिकारकर्मी, कानुनविद्, […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

उपचार खर्चका लागि गुहार्दै क्यान्सरपीडित देवराम दमाईँ

कञ्चनपुर, १९ साउन ः शरीरले भन्दा पनि मनले धेरै पीडा दिएको छ,” यी शब्द हुन् शुक्लाफाँटा नगरपालिका–१ का ६४ वर्षीय देवराम दमाईँका हुन् । हो उहाँले अहिले घाँटीको क्यान्सरको पीडा झेल्दै आएका छन् । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका देवरामको जीवन पीडाले भरिएको छ । तीन छोरामध्ये दुई जनालाई गुमाइसकेका दमाईँलाई अहिले आफ्नै उपचार […]

गण्डकी मुख्‍य समाचार समाज

सुरक्षित र वैधानिक आप्रवासन नीतिको विस्तारका लागि सुझाव

काठमाडौँ, १९ साउनः महिला अधिकारकर्मीहरुले महिलालाई घरेलु कामदारका रुपमा विदेश जानका लागि वैधानिक बाटो खुलाउन सुझाव दिएका छन् । उनीहरुले विद्यमान कानुनी व्यवस्थामा भिटिज भिसा तथा अवैधानिक रुपमा महिलाहरु घरेलु कामदारका रुपमा गइरहेकाले त्यसलाई व्यवस्थित गरेर कानुनी बाटो खुलाउनुपर्नेमा जोड दिएका हुन् । महिला पुनःस्थापना केन्द्र ओरेकले आज यहाँ आयोजित कार्यक्रममा सुरक्षित र वैधानिक आप्रवासन […]

मुख्‍य समाचार लुम्बिनी समाचार

पहिरोले स्वास्थ्यचौकीमा क्षति

तम्घास गुल्मी, १९ साउनः गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा […]

कोशी मुख्‍य समाचार समाचार

कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने हुन्छ । तर, कानुनमै भएको […]