१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ । जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी  र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार, आज […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ९६ पैसा र बिक्री दर १४० रुपियाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३१ रुपैयाँ, आलु […]

कर्णाली मुख्‍य समाचार समाचार

जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर, अन्य सामान्य घाईते

मुगु । जुम्लामा जीप दुर्घटना हुदाँ एक जना गम्भिर घाईते र अन्य सामान्य घाईते भएका छन् । सोमबार बिहान १०ः३० बजे कालिकोटको हिलसाईड होटल नजिक जीप सड्क तल खसेपछि एक जना गम्भिर घाईते हुनुका साथै अन्य सामान्य घाईते भएका हुन् । भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जीप दुर्घटना हुदा […]

बागमती मुख्‍य समाचार समाचार

बन्दिपुर केवलकारको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको पहिलो चरणको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आईपीओ खुला गरेको थियो । कम्पनीले आयोजनाबाट प्रभावित तनहुँ र गोरखाका बासिन्दाहरूका लागि ५ लाख ६६ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको थियो । लगानीकर्ताले न्यूनतम १० र […]

बागमती मुख्‍य समाचार राजनीति

एमआरपीबारे विभाग–व्यवसायी वहस : व्यवसायीले बुझेनन्, सरकारले बुझाउन सकेन !

काठमाडौं । सरकारले लागू गरेको प्रत्येक वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्य (एमआरपी) राख्नुपर्ने प्रावधानलाई पालना गर्ने सम्बन्धमा व्यवसायी र सरकारबीचको बहसले तिब्रता पाएको छ । कतिपय संघ संगठन र सरकारबीच टसल समेत बढेको छ । आर्थिक वर्ष २०८२।८३ बाट लागू गर्ने भनिएको उक्त प्रावधानको विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यवसायीबीच दैनिक वहस […]

बागमती मुख्‍य समाचार समाचार

आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दैँ

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो […]

बागमती मुख्‍य समाचार समाचार

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ […]

बागमती मुख्‍य समाचार समाज

अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ । जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो । पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै […]

बागमती मुख्‍य समाचार विशेष समाचार

कक्षा १२ को नतिजा प्रकाशित 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।        

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिन नहुने बताएकी छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको प्रस्ताव प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनका अनुसार बहुविबाह फौजदारी अपराधका रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य छ । ‘बहुविवाह […]

मुख्‍य समाचार

व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष […]