२० आश्विन २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र ढाँट

काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् । उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए । स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलेखेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको […]

मुख्‍य समाचार राजनीति

पार्टीभित्रका सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्पकासाथ अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् । सोमबार सम्पन्न भएको स्थायी समितिको बैठकपछि उनले पार्टीलाई एकतावद्ध गर्ने चुनौती देखिएतापनि त्यसलाईजिम्मेवारीपूर्वक पूरा गरेको बताए । दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई […]

मुख्‍य समाचार राजनीति समाचार

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ  : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध नेपालमा जन्मेका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् । गुरु पद्मसंभवको जन्म दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी भएको कारणले गर्दा नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरुको संख्या विश्वमै बढिरहेको उल्लेख गरे । उनले नेपाल वेद र बुद्धको भूमि भएको स्मरण […]

बागमती मुख्‍य समाचार समाचार

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुगेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरुलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन् । सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत […]

अर्थ बागमती मुख्‍य समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, १९ साउनः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो । आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख […]

बागमती मुख्‍य समाचार राजनीति

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले नेपाली संस्कृति विश्वभर विस्तार गरेको छः मन्त्री पाण्डे

काठमाडौँ, १९ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली संस्कृतिको दायरालाई विश्वभर विस्तार गर्न टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ले सघाइरहेको बताएका छन् । मन्त्रालयमा दुवै रियालिटी शोका शीर्ष १० मा पर्न सफल प्रतिभाहरुसँग अन्तरक्रिया गर्नुहुँदै मन्त्री पाण्डेले नेपाली संस्कृतिलाई पहिचान र पर्यटनसँग जोडेर गीत–सङ्गीत र नृत्यकलाको माध्यमबाट नेपालीपन […]

मधेश मुख्‍य समाचार समाचार

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह

महोत्तरी, १९ साउन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको मुख्य आधार भएको बताएका छन् । आज साउने सोमबारको अवसरमा महोत्तरीको बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन मधेसको कृषिपछिको आर्थिक समृद्धिको मुख्य आधार बन्ने उल्लेख गरे । मधेसका कोशीदेखि ठोरीसम्म प्रसिद्ध धार्मिकस्थल छन्, हामीले यहाँ पर्यटन प्रवर्द्धन केन्द्रित पूर्वाधार […]

बागमती मुख्‍य समाचार समाचार

माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग

काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन् । महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपतिद्वारा वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन् । सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरेका हुन् । राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका […]

मधेश मुख्‍य समाचार समाज

घातक विद्युतीय मोटर : सिचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटका कृषक असावधानीका कारण खेतमा सिचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु हुने गरेको पाइएको छ । विद्युतीय करेन्ट लागेर गत आर्थिक बर्षमा २३ जनाको मृत्यु भएको थियो भने हालसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ । इशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी […]

कोशी मुख्‍य समाचार समाचार

हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते

इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी प्रदेश २–०१–००१ ज ००५३ नम्बर हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लागि गएका तीर्थयात्रीहरूलाई बोकेर फर्कँदै थियो । […]