१९ आश्विन २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचनमा उनले एमसीसीबारे माओवादी गम्भिर रहेको भन्दै एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने […]

मुख्‍य समाचार समाचार

इप्पानले सार्वजनिक गर्यो ’पावर समिट, २०२५’ को लोगो

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ’पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (१५–१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो । ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने मुल […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए । गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभाको आधा कार्यकाल पूरा : सांसद विश्वप्रकाश शर्माको समीक्षात्मक टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्दा आधा कार्यकाल पूरा गरिसकेको जनाउँदै यस अवधिको कार्यसम्पादनको समिक्षा गर्न आवश्यक रहेको बताए । उनले भने, ‘२०७९ […]

मुख्‍य समाचार राजनीति समाचार

गम्भीर रोग पीडितलाई गरिबीको परिचयपत्रकै आधारमा सुविधा दिने व्यवस्था अनुचित : सांसद बर्तौंला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गम्भीर रोग पीडितहरूलाई राज्यले प्रदान गर्दै आएको मासिक आर्थिक सहयोगको पहुँचमा गरिबीको परिचयपत्र बाधक बन्नु अनुचित भएको भन्दै कार्यविधि संशोधनको माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बर्तौलाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर पीडित तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई राज्यले मासिक पाँच हजार रुपैयाँ […]

मधेश मुख्‍य समाचार समाचार

सप्तरी घटना अपडेटः  निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

रौतहट । सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ । राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय  ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर […]

मुख्‍य समाचार राजनीति समाचार

भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने, रास्वापाद्धारा संसदमा ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताए । उनले भने,‘भाषा […]

मुख्‍य समाचार राजनीति समाचार

भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् । ‘भिजिट भिसाको विरोधी […]

मुख्‍य समाचार राजनीति

धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् । बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको बताएका हुन् । उनले भने, ‘अब हामी सडकको सन्दर्भमा धुलो रहित […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीद्वारा दक्षिण–दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण–दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका छन् । उक्त अवसरमा प्रधानमन्त्री ओलीले भौगोलिक स्थान कुनै देशको सम्भावनामा बाधक हुनु नहुने बताउँदै प्रविधि र […]

खेलकुद

आगामी शनिबार एनपीएलको अक्सन, १५० जना खेलाडी छनोट

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सन आगामी शनिबार हुने भएको छ । अक्सनका लागि १५० खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० जना खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ […]

अर्थ मधेश विशेष समाचार समाचार

अनुदानको माग गर्दै उखु किसान आन्दोलनमा

महोत्तरी । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरुको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले […]