१९ आश्विन २०८३, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ । ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम

काठमााडैं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ताको राम्रै सम्भावना रहेको बताएका छन् । बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुबै नेतासँग वार्ता गर्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएको गम्भीर अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष काजीमान तितुङको नेतृत्वमा बुझाइएको सो ज्ञापनपत्रमा स्वास्थ्य बीमा सेवामा व्याप्त समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न माग गरिएको छ । स् वास्थ्य […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । […]

मुख्‍य समाचार राजनीति समाचार

संघीयताको बारेमा नीतिगत रुपमा गम्भिर हुनुपर्छ  : मन्त्री न्यौपाने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भिर हुनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनको लागि तीन तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रुपमा के समस्याहरु छन् त्यसमा गम्भिर हुनुपर्ने बताईन् । उनले भनिन्, ‘प्रशासनिक […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन

सप्तरी ।  गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ । मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन् । राजविराजको मुख्यचोक (दशन चोक) मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो । मन्त्री पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि नौ […]

मधेश समाचार

चिनी मिलको गेट अगाडि  किसानहरुको विरोध प्रदर्शन

रौतहट । रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् । उखु उत्पादक संघ रौतहटको अगुवाइमा मंगलबार किसानहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले सरकारले दिने भनिएको अनुदान रकम तुरुन्त उपलब्ध गराउनु पर्ने बताए । […]

खेलकुद

देशलाई विश्वभर चिनाउने खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । उनले […]

मुख्‍य समाचार समाचार

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटघाट र छलफल भएको छ। बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको करिब एक घण्टा भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको छ ।

अर्थ

नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार

काठमाडौं । नेप्सेमा सामान्य सुधार भएसँगै आज शेयर बजार २.३५ अंकले बढेको छ । मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको थियो । आज नेप्से परिसुचक ०.०८ प्रतिशतले बढेर २८३६.३५ बिन्दुमा पुगेर रोकिएको हो । यस दिन कुल ३२० स्टकको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख […]