१९ आश्विन २०८३, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

म्याग्दी, २२ साउन , दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । “न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो, उनले भने, सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो । […]

मधेश मुख्‍य समाचार समाचार

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

निजगढ बारा, २२ साउन : यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ ।   क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।   फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित […]

मधेश मुख्‍य समाचार समाचार

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

वीरगञ्ज पर्सा, २२ साउनः यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ । विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेव […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर बन्यो – बजाज चेतक ईभी

काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ । यो उपलब्धि चेतक ईभीको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षणको हिस्सा थियो, जसले स्कुटरको विश्वसनीयता र कठिन भूगोलमा समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’

काठमाडौं । सरकारले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको मानव अधिकार संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, सीप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा फर्किएर आएका श्रमिकहरूको आर्थिक सामाजिक पुनःएकीकरणमा जोड दिने मूल उद्देश्य राखेर नयाँ राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ल्याएको जनाएको छ । यसअघिको वैदेशिक रोजगार नीति, २०६८ लाई विस्थापन गर्ने यो नीतिलाई […]

मधेश मुख्‍य समाचार समाचार

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

काठमाडौं । मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ । खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारै तिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र […]

बागमती मुख्‍य समाचार समाचार समाज

२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

काठमाडौं । २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो । रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

नेपालगञ्ज, २२ साउनः नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । “उहाँले धरौटी बुझाउन नसकेकाले […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

नारायणगढ चितवन, २२ साउनः भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले […]

गण्डकी मुख्‍य समाचार समाज

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

तनहुँ, २२ साउन ः विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो । चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकामा […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका भू–भागका थोरै […]

बागमती मुख्‍य समाचार समाचार

बिहीबारका लागि विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]