१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् । साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वागत गरे । विमानस्थलमा समर्थकहरुले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ […]

बागमती मनोरन्जन मुख्‍य समाचार

देवभूमि मानव सेवा समाजले सुरु गर्यो धार्मिक महोत्सव

काठमाडौं । देवभूमि मानव सेवा समाजले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु गरेको छ । आइतबार कलश यात्रा गरि उक्त गायत्री नौ कुण्डिय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको हो । समारोह यही भदौ १५ गते आइतवारदेखि भदौ २२ गते आइतवारसम्म […]

बागमती मुख्‍य समाचार समाचार

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्ने, नेता र विज्ञहरुले वहस गर्ने

काठमाडौं । चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ । समृद्ध समाज या देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि सम्वृद्धिसम्म ः राष्ट्र निर्माणको सार्थक यात्रा’ शिर्षकमा नीति सम्मेलनको तयारी गरिरहेको चैतन्य ग्रुपका सिईओ गणेश जोशीले जानकारी दिए । […]

बागमती मुख्‍य समाचार राजनीति

पार्टीप्रतिको आस्था र विश्वासबिना कामहरू जीवन्त र प्रभावकारी हुन सक्दैनन्’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र आन्दोलनप्रतिको गहिरो विश्वासबिनाका कार्यहरू जीवन्त र प्रभावकारी बन्न नसक्ने धारणा व्यक्त गरेका छन् । आनन्द प्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले जुन काममा जुटेका छौं, त्यसमा सबैभन्दा पहिलो कर्तव्य भनेको पार्टीप्रतिको आस्था र विश्वास भएको बताएका हुन् । उनले भने, […]

बागमती मुख्‍य समाचार समाचार

चीनको विजय दिवस परेड बहिष्कार गर्ने जापानको प्रयासको तिव्र आलोचना

काठमाडौं । द्वितीय विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीन सरकारले विजय दिवस परेडको आयोजना गरेको छ । जापानले उक्त सैन्य परेडमा अन्य देशहरूलाई सहभागी नहुन आग्रह गरेको भन्दै चीनले त्यसको तिव्र आलोचना गरिरहेको छ । बेइजिङले यो कदमलाई “इतिहासको तोडमोड” र “न्यायप्रतिको विश्वासघात” भनेको छ । चिनियाँ अधिकारीहरूले जापानको प्रयासलाई दिग्भ्रमपुर्ण भनेका छन् […]

बागमती मुख्‍य समाचार समाचार

शान्ति र इतिहासप्रतिको सम्मानमा चीनले विजय दिवस परेड आयोजना गर्दै

काठमाडौं । चीनले यस वर्ष जापानी आक्रमणविरुद्धको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको अवसरमा विशेष सैन्य परेड आयोजना गर्ने भएको छ । यसलाई शक्तिको प्रदर्शन नभई शान्ति र इतिहासप्रतिको गहिरो सम्मानका रूपमा वर्णन गरिएको छ । १४ वर्ष लामो प्रतिरोधका क्रममा चीनले ३५ मिलियनभन्दा बढी जनताको बलिदान व्यहोरेको थियो । अधिकारीहरूले भनेका […]

बागमती मुख्‍य समाचार समाचार

गोपिकृष्ण आवास आयोजना क्षेत्रमा अतिक्रमित जग्गा फिर्ता गर्न माग 

काठमाडै । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्ष विमल होडाले पन्चवर्षीय कार्ययोजना अन्तर्गत वातावरण, सम्पदा, स्वस्थ्य, शिक्षालगायत अरु विकास निर्माणका कामहरु गरिरहेको बताएका छन् । आइतबार काठमाडौंको गोपिकृष्ण आवास आयोजनाको खुल्ला क्षेत्रमा निर्मित शिव पन्चायन मन्दिर भजन मण्डल हरियाली उद्यान उद्घाटन समारोहमा बोल्दै उनले शिव पञ्चायन मन्दिर बन्नु भन्दा अघि यस क्षेत्रमा चोरी, आतंक हुने, नकरात्मक गतिविधी हुने गरेको र अहिले सुरक्षा बढेको  बताए । उनले भने ‘शिव पन्चायन मन्दिर बन्नुभन्दा अघि यो ठाँउ चोरी र आतंकका गतिविधि हुन्थे । नकरात्मक गतिविधी हुने गरेको थियो । अहिले सुरक्षा बढेको छ । मन्दिरमा अहिले भजन किर्तन र पूजापाठ सबै बढ्ेको छ ।’ नेपाली कांगे्रस ७ नम्बर वडामा निर्वाचित भएपछि यो क्षेत्रलाई आवास योजना ल्याएर  व्यवस्थित गरेकोमा पाँच प्रतिशत जग्गा काटिएको उनले बताए । उनले व्यवस्थित गरेको ५ प्रतिशत जग्गामा खुल्ला क्षेत्र कायम हुनुपर्ने पनि बताए । उद्यान उद्घाटन गर्न पुगेका सांसद गगन थापालाई उक्त क्षेत्रको जग्गा अतिक्रमण भएको गुनासो गर्दै चाँडो फिर्ता गर्ने वातावरण बनाउन माग समेत गरे । ‘पन्चवर्षीय कार्ययोजनामा रहेको वातावरण, सम्पदा, स्वस्थ्य शिक्षालगायत अरु विकास निमार्णका कामहरु गरिरहेका छौँ  । कांगे्रस वडामा निर्वाचित भएपछि यस क्षेत्रलाई आवास योजना ल्याएर व्यवस्थित गरेका थियौँ । पाँच प्रतिशत जग्गा काटिएको थियो र खुल्ला क्षेत्र कायम हुनुपर्ने थियो । खुल्ला क्षेत्र मिसिंदै ६ रोपनी न्यूनतम हुनुपर्नेमा तीन रोपनी पनि छैन । सांसदबाट पनि जग्गा फिर्ता होस् भन्ने माग गरेका छौँ’ उनले भने  ।  

बागमती मुख्‍य समाचार विशेष समाचार

शिक्षक महांसघको चेतावनी ः दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 

काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  । सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो । उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् । उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनका लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जानकारी दिए । उनले पहिलो चरणको कार्र्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम अवरोधात्मक र कडा खालको हुने दाबी गरे । ‘कार्यक्रम २० गते सम्म जारी रहन्छ । त्यसपछि दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गर्नेछौं । दोस्रो चरणका कार्यक्रमहरु अलि अवरोधात्मक र कडा खालका हुन्छन् । हाल धर्ना गर्नुको कारण समितिबाट शिक्षा विधेयकमा प्रतिनिधि सभामा दर्ता हुँदै गर्दाखेर केही विषयहरु सम्बोधन भए तर महत्वपूर्ण विषयहरु छुटेका छन् । केही महत्वपूर्ण विषयहरु उल्टो दिशामा गएको छ । उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनको लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा काम हुन बाँकी छ  । दुवै सभामा छुटेका विषयलाई समवेशी गराएर अग्रगामी ऐन जारी गराउन धर्ना आयोजना गरिएको हो,’उनले भने  । आन्दोलनकै अगुवा नानु मैया पराजुलीले यसअघि २९ दिनको आन्दोलनमा शिक्षा विधेयकमाथि छलफल अगाडि बढेको भएपनि उपसमितिमा बुझाएको प्रतिवेदनप्रति सन्तुष्ट हुन नसकेकाले पहिलो चरणको कार्यक्रम गर्नुपरेको बताइन् ।  

बागमती मुख्‍य समाचार समाचार

एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ । उहाँसँगका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् ।    

बागमती मुख्‍य समाचार समाचार

निजी विद्यालयहरुको बस र्याली सुरु

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले बस ¥याली गरेका हुन् । यस्तो छ ¥यालीको रूट निर्धारण ः १. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै […]

खेलकुद मुख्‍य समाचार

एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा

काठमाडौं ।  आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् । दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् । लिगमा प्रतिस्पर्धा गर्नका लागि कर्णाली यशभिसले उनलाई अनुबन्ध गरेको हो […]