१७ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र पहलकदमी आवश्यक रहेको बताएका छन् । सेन्टर फर पब्लिक पोलिसी रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले पार्टीको मजबुतीका लागि लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुपर्ने बताए । उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको […]

मुख्‍य समाचार राजनीति समाचार

कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए: मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘पहाडबाट पलायन भएको जनशक्ति अथवा […]

मुख्‍य समाचार समाचार

बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

रामेछाप । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार […]

खेलकुद मुख्‍य समाचार समाचार

अभ्यास सिरिजमा नेपाल ‘ए’ लाई टी–२० सिरिजको उपाधि

काठमाडौं । आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो । जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ […]

मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा १३ वर्षको अवधिमा १२ हजार बेवारिसे मानिसको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको छ । आश्रमले १३ वर्षको अवधिमा १२ हजार बेवारिसे मानिसहरुको उद्धार समेत गरेको छ । सहयोगापेक्षी सडकमाआश्रित मानिसहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय हुँदै आएको सामाजिक संस्था मानवसेवा आश्रमले २१ जिल्लामा २६ सेवाकेन्द्र विस्तार गरेर देशैभर सेवा गर्दै आएको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका […]

बागमती मुख्‍य समाचार समाचार

श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ : पूर्वसभामुख सापकोटा

काठमाडौँ, १६ भदौ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले दलित, मजदुर र सुकुम्वासीका हकहित सुनिश्चित गर्न संसद् गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा आयोजना गरेको श्रमिक–सांसद अन्तरक्रियामा उनले श्रमिकमैत्री कानुन निर्माणका लागि पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे । सापकोटाले श्रमिक अधिकारलाई […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

काठमाडौँ, १६ भदौः अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार […]

कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली नदीले तटबन्ध बगाएपछि गाउँ जोखिममा

बर्दिया । बर्दिया र कैलालीको विचबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका वडा नं २ बनघुस्रामा तटबन्ध बगाएपछि सो स्थानका गाउँहरू जोखिममा परेका छन् । कर्णाली नदीको कटानले करिब तीन  सय मिटर तटबन्ध बगाएपछि आधादर्जन गाउँहरू जोखिममा परेका हुन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका अनुसार कर्णाली नदीले सो स्थानमा करिब तीन सय मिटर तटबन्ध […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ, १६ भदौ : सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने […]

बागमती मुख्‍य समाचार राजनीति

कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै, मन्त्री न्यौपानेद्वारा भोलिसम्मको समय माग

काठमाडौँ, १६ भदौः सङ्घीय निजामति सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने कर्मचारीको उमेर हद पहिलो वर्ष ५९ वर्षबाट कार्यान्वयन गरेर जाने भन्ने प्रस्तावमा अडिग रहेपछि सहमति जुट्न नसकेको हो । बैठकमा उनले […]

मधेश मुख्‍य समाचार समाचार

माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

वीरगन्ज । माग गरिएको सूचना नदिएपछि सोमबार दिउँसो स्थानीयले पर्साको धोवनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गत आर्थिक वर्षमा पालिकाले विकास कार्यमा गरेको खर्चको विवरण माग गर्दा पालिकाले उपलब्ध नगराएको भन्दै दिउँसो साढे एघार बजेपछि स्थानीयले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले सूचना अधिकार प्रयोग गर्दै गाउँपालिकाबाट विकास निर्माणमा […]

बागमती मुख्‍य समाचार समाचार

बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक

रामेछाप । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार […]