१७ आश्विन २०८३, शनिबार
कोशी मुख्‍य समाचार समाचार

कोशीका भौतिकमन्त्री राई कुवेत जाने, खर्च आयोजकले व्यहोर्ने

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई कुवेत जान लागेका छन् । जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार मन्त्री राईको सम्पूर्ण भ्रमण […]

बागमती मुख्‍य समाचार

चीनमा प्रधानमन्त्रीले सीमा समस्याबारे कुरा उठाउनुपर्छ : डा.उप्रेती

काठमाडौं । नेपाल–भारत सीमा अध्ययन समितिका संयोजक डा.विष्णु उप्रेतीले चीन भ्रमणको क्रममा प्रधानमन्त्रीले सीमाका बारेमा कुरा उठाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा परराष्ट्रविदहरूसँग साक्षात्कार कार्यक्रममा उनले छिमेकी देशहरु सामू स्पष्ट रुपमा आफ्नो कुरा राख्न नसकेसम्म समस्या रहिरहने भन्दै प्रधानमन्त्रीले स्पष्ट रुपमा सीमाको कुरा उठाउनुपर्ने बताए । उनले यदी भारतले आफूलाई […]

बागमती मनोरन्जन मुख्‍य समाचार

इन्द्रजात्रा सुरु, काठमाडौंमा विविध कार्यक्रम आयोजना हुँदै

काठमाडौं । लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि निरन्तर चलिआएको राजधानी काठमाडौंको एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्व इन्द्रजात्रा (यँःया) यस वर्ष पनि भव्य ढंगले सुरु भएको छ । जात्राको प्रारम्भ अन्तर्गत भदौ ९ गते वनबाट यंसिँ (इन्द्रध्वज) काटेर ल्याउने कार्य सम्पन्न भइसकेको छ भने, उक्त यंसिँ भदौ १५ गते बिहान ९ः५२ बजे शुभ साइतमा नगर प्रवेश […]

बागमती मुख्‍य समाचार समाचार

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको प्रारम्भः अत्याधुनिक मेसिन सञ्चालनमा

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी क्षयरोगको उपचार सेवा शुभारम्भ गरेको छ । अस्पतालमा आयोजित कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गर्दै मन्त्री पौडेलले सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर लागि परिरहेको बताए । ‘क्षयरोगको यथासक्य छिटो निदान गरेर हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय प्रतिबद्ध भएर कार्य गरिरहेको छ, ’आज यस अस्पतालमा सुरु भएको सेवा तथा जडान भएको अत्याधुनिक मेसिनले क्षयरोगको पहिचान गरी बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान दिने विश्वास हामीले लिएका छौं’, मन्त्री पौडेलली भने । यसअघि सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नहुँदा त्यहाँ उपचारका लागि आउने बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । यस सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारण नागरिकलाई समेत छिटो र भरपर्दो परीक्षण सेवा सुनिश्चित गर्नेछ । ‘क्षयरोगमुक्त नेपाल बनाउने हाम्रो राष्ट्रिय अभियानमा प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ,’ कार्यक्रममा बोल्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले भने, ‘आज जडान भएको यस मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीहरूलाई मात्र दुई घण्टामा क्षयरोगको निदान रिपोर्ट उपलब्ध गराउनेछ’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो । नेपाल सरकारले क्षयरोग निदानलाई सहज र प्रभावकारी बनाउन देशभरका विभिन्न अस्पतालहरूमा क्षयरोग उपचार सेवा विस्तार गर्दै आएको छ । हालसम्म देशका १२८ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूबाट यो सेवा सफलतापूर्वक सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सशस्त्र प्रहरी अस्पतालमा यो सेवाको विस्तारले राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमलाई थप बल पुरÞ्याउने अपेक्षा गरिएको छ ।  

बागमती मुख्‍य समाचार समाचार

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

चौतारा, १६ भदौः जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम […]

बागमती मुख्‍य समाचार समाचार

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

काठमाडौँ, १६ भदौ : लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

अटोरिक्सा दुर्घटनाः एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

खलङ्गा दार्चुला, १६ भदौः दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उनले बताए। […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ । यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अफगानिस्तान भुकम्पः पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते

काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ […]

बागमती मुख्‍य समाचार समाचार

नेसनल प्याब्सनले सार्वजनिक गर्यो विधेयकमा समेट्नुपर्ने विषय

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नीजि लगानीमा सञ्चालन रहेका विद्यालयहरूका सन्दर्भमा विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने विषयहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै शिक्षा विधेयकमा समावेश गर्नुपर्ने केही विषयहरू सार्वजनिक गरेको हो । ठूलो संख्यामा शैक्षिक जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा नेपाललाई नै शैक्षिक हबको रुपमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको बताएका छन् । वीरगन्जको नाकालाई प्रयोग गर्दै केही पाकिस्तानी तथा बंगलादेशी नागरिक भारत प्रवेश गरेको समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाह मात्र भएको प्रष्ट पारेका हुन् । […]

बागमती मुख्‍य समाचार समाचार

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयकमाथि छलफल, ऐन संशोधन हुने

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा छलफल भएको छ । सोमबार समितिमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल भएको हो । सोही क्रममा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोज कुमार शाहीले ०५६ सालदेखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाए पनि ऐन संशोधन हुन नसकेको भन्दै अहिले विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय र स्थानीय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर ऐन संशोधन हुन लागेको बताएका छन् । उनले भने, ‘हामीले २५ वर्षको समयमा ५५ सालमा ऐन आउँदा, ५६ सालदेखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाएका थियौं तर अहिलेसम्म त्यो ऐन संशोधन हुन सकेको थिएन् । अहिले भने प्रतिनिधि सभामा विचाराधिन छ, धेरै छलफल गरेका छौ । विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय  र स्थानिय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर नै यो ऐन संशोधन हुदैँछ ।’ साथै, उनले अहिले पशु चिकित्साको क्षेत्र व्यवसायीकरण भइरहेको बेलामा हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी सरकारले सिर्जना गरेको र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको बताए । उनले भने, ‘अहिले पशु चिकित्साको क्षेत्रमा अथवा पशुपन्छीको क्षेत्रमा यति धेरै व्यवसायीकरण भयो कि हरेक किसानले विशेषज्ञ सेवा खोजीरहेका छन् । विज्ञ सेवा धेरै माग भइरहेको छ । हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी नेपाल सरकारले सिर्जना गरेको छ र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको छ ।’ उनले शैक्षिक संस्था नियमनको कुरामा परिषद्ले पशु चिकित्सक पढ्ने शैक्षिक संस्थाको मात्र नियमन गर्ने भन्दै पशु चिकित्सकले गर्ने पशु पालन र पशु विज्ञानका कामहरु पनि यही परिषद्ले नियमन गर्ने व्यवस्था यो विधेयकमा प्रस्ताव गरिएको बताए । पशु स्वास्थ्यको प्रमाणिकरण गर्ने मासु, माछा र अण्डाहरुको स्वास्थ्य प्रमाणिकरण गर्ने काम सांसर भर नै डाक्टरले मात्र गर्ने पनि उनको भनाई छ ।