२६ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

डेङ्गी सङ्क्रमण बढ्दै

काठमाडौँ, ६ भदौः डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जुरुक्क कर्णाली’मा बगेका आँसु र आशा

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेपाल–चीन सम्बन्ध विस्तारमा जोड

काठमाडौँ, ६ भदौः चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा हुआङ झेङ डुओले राष्ट्रिय समाचार समिति रातो कागज सँग सहकार्य गरी नेपाल–चीनबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउन इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका निर्देशक डुओले आज रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै रासस जस्तो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालमा सबैभन्दा उत्पीडित र उपेक्षित वर्ग भनेको किसान नै हुन्’

काठमाडौं । नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो । तर, नार्कले कृषि सम्बन्धी गरेका अध्ययन तथा अनुसन्धानहरु मार्फत किसानले अझैंपनि पूर्ण रुपमा लाभ लिनसक्ने वातावरण नबनेको भन्दै नार्कका बोर्ड सदस्य बामदेव […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते

रामेछाप । सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ । दुर्घटनामा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका […]

बागमती मुख्‍य समाचार समाचार

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन, ६ भदौः आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार […]

बागमती मुख्‍य समाचार समाचार

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौँ, ६ भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई आफ्ना बाबुका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसैअनुसार गोकर्णेश्वर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात

बैतडी, ६ भदौ:  भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । आर्थिक वर्ष २०७९र८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात […]

कोशी मुख्‍य समाचार समाचार

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता

भोजपुर, ६ भदौ : नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविर मार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । […]

कोशी मुख्‍य समाचार समाचार

धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त

धरान सुनसरी, ६ भदौ : अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, […]

बागमती मुख्‍य समाचार समाचार

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ, ६ भदौ : काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

गण्डकी मुख्‍य समाचार समाज

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

म्याग्दी, ६ भदौ : जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ […]