१७ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार समाचार

अध्यक्ष ओलीद्वारा एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत पेस गर्न रोक लगाएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा उनले पेस गर्न चाहेका थिए । कार्यसूचीमा राखेर पनि आफ्नो फरक मत पेस हुन नदिएको थापाले बताए । विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत […]

कोशी मुख्‍य समाचार राजनीति समाचार

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन बन्देज छैन : शेरबहादुर देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताएका हुन् । उनले नेपाली कांग्रेसको महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट […]

मुख्‍य समाचार समाचार

मन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएकी बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ । शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार

एमालेको विधान महाधिवेशनः प्रतिवेदनमा छलफलका लागि दश समूहमा विभाजन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ । महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह […]

अर्थ मुख्‍य समाचार समाचार

सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताए । “सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई […]

मुख्‍य समाचार राजनीति समाचार

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति

काठमाडौं । नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनका लागि समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको समितिमा स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल […]

मुख्‍य समाचार राजनीति समाचार

दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नवराज लम्सालले राजनीतिक चेतनालाई पुँजी बनाएर महाकाव्यको निर्माण गरेको बताएका छन् । शुक्रबार महाकाव्यकार डा.नवराज लम्सालकृत चौथो महाकाव्य ‘कल्प’ को लोकार्पण समारोहमा उनले नवराजले राजनीतिक चेतनालाई पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने प्रयास गरेको भन्दै यसले नयाँ पुस्ता र साहित्यमा कलम चलाउनेहरुलाई प्रेरित गर्ने बताए । उनले भने, […]

बागमती मुख्‍य समाचार राजनीति

आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् । अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारे । उनले भने ‘अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन । ’ विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उनले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाए । वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको पनि उनको  आरोप थियो । अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे ।  उनले भने ‘राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्’ । क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै उनले  जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताए । सम्मेलनमा अध्यक्ष प्रचण्डले अखिल नेपाल खेलकुद महासंघलाई जनताको खेल र रूपान्तरणको अभियानको रूपमा अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।  

बागमती मुख्‍य समाचार समाचार

निर्माण क्षेत्रमा गुणस्तरीय र समयमा काम हुन नसक्नु ठूलो समस्या’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ औँ साधारणसभा एंव १५ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायको क्षेत्र मिलेर विकास निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिए । ‘सरकारी निकायको पनि पूर्ण रुपले क्षमता वृद्धि भएको छैन ।’ गृहमन्त्री लेखकले भने,‘सरकारी र गैरसरकारी निमार्णसंग सम्बन्धित संस्थाहरुको क्षमता वृद्धि भएमात्रै राष्ट्र निर्माणको आधार तयार गर्न सकिन्छ ।’ समयमा विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाहरुको लागत बढ्दै गएकाले निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम गर्नुपर्ने बताए  । ‘निर्माण व्यसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ,’ मन्त्री लेखकले भने ‘निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ । कुनै पनि सार्वजनिक काममा अशान्ती हुदैन ।’ उनले मुलुकभर विकास निर्माणका काममा चन्दा अशुली गर्ने, धम्काउने जस्ता गतिविधिहरु सरकारले सहन गर्न नसक्ने बताएका हुन् । पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमा काम हुन नसक्नु समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्ने बताए । ‘भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अवयव हुन्छ नागरिकले ठिक ढंकले सेवा लिन सक्दैन ।’ उनले भने ‘समयमा काम सम्पन्न नहुँदा आयोजनाको मुल्य बढ्दै गएको छ,अहिले एउटै आयोजनाको दुई सय प्रतिशतसम्म मुल्यअभिवृदि भएको छ । ’ राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि गर्नुपर्ने लेखकको भनाई छ । विकास निर्माण र भौतिक निर्माणको क्षेत्रमा काम गर्ने सबै निकायलाई राम्रो गर्दै जार्नुपर्ने उनले बताएका हुन् । त्यसैगरि उनले वर्तमान सरकारको प्राथमिकतामा नीतिगत र कानूनी सुधार, सुशासन र दण्डहिनताको अन्त्य गरि विकास निमार्ण लाई द्रुतगतिमा अगाडि बढाउने रहेकोे बताए ।  

बागमती मुख्‍य समाचार समाचार

विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गरिने

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधानमा आफ्ना एजेण्डा पेस गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडलले बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि पैरवी गर्न जरुरी रहेको भन्दै विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गर्ने बताएका हुन् । शुक्रबार बसेको मन्त्रालय स्तरीय विकास समस्या […]

बागमती मुख्‍य समाचार

लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा  दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा राखेको भन्दै यसमा चीन पक्ष […]

बागमती मुख्‍य समाचार समाचार

सामाजिक संजाल बन्द गरेर नागरिक अधिकार र रोजीरोटी खोस्न मिल्दैन्

काठमाडौं ।  सरकारले सामाजिक सन्जाल बन्द गर्ने निर्णयको पक्ष र विपक्षमा बहस भइरहेको छ । कतिपयले सरकारको निर्णयलाई अपरिपक्व र अब्यवहारिक भनेका छन् भने कतिपयले नियमन जरुरी रहेको प्रतिक्रिया जनाइरहेका छन् । ‘दर्ता हुन नआएको, नियमन गर्न अप्ठ्यारो परेको, कानुनी रीत पु¥याउन बारम्बार सूचना गर्दासमेत वेवास्ता गरी देशको सार्वभौमसत्ताको अपमान गरेको’ जस्ता कारण देखाएर सरकारले विहीबार नेपालमा संचालित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषय चर्को विषय बनेको हो । सामाजिक सन्जाल बन्द गर्ने निर्णयले विशेषगरी डिजिटल प्लेटफर्मको सहायतामा व्यवसाय गर्दै आइरहेका व्यवसायीदेखि सामाजिक संजालकै माध्यमबाट सूचना आदनप्रदान गर्ने र दैनिक अन्तरक्रिया गरिरहेका सर्वसाधारण बढी प्रभावित देखिएका छन् । डिजिटल मिडिया अध्येता एवम मिडिया चौतारीका संस्थापक प्रवेश सुवेदी सरकारको निर्णयप्रति आपत्ति प्रकट गर्दै भने,‘ निर्णय हचुवा र आवेगमा आएर गरेको देखिन्छ । सामाजिक संजाल बन्द गर्ने काम सान्र्दभिक छैन् ।’ ‘यो एकदमै अप्रत्यासित छ । सरकारले हचुवामा आवेगमा आएर गरेको निर्णय हो । व्यवहारिक छैन । हामी जुन समयमा हिडिंरहेका छौं त्यो समय अनुसार सान्र्दर्भिक छैन । यसलाई सर्वसाधरणले स्वीकार्दैनन् । प्रतिवाद गर्नुपर्छ’, उनले भने  । उनले सामाजिक सन्जाल केवल रमाइलो गर्ने, टिका टिप्पणी गर्ने ठाँउ नभई हरेक मान्छेकोे दैनिक जीवनसँग जोडिएको, रोजीरोटीसँग जोडिएको विषय भएको बताए । सामाजिक सन्जालबाट  व्यवसाय गरिरहेकाहरु, संसारभरका विभिन्न कुना–कुनामा सम्भावनाहरू एक्सप्लोर गरेर, नेपालबाटै काम गरिरहेकाहरुमा धेरै ठूलो प्रभाव पर्ने बताए । ‘आजको दिनमा सामाजिक सन्जाल भनेको केवल रमाइलो गर्ने हाँसीमजाक गर्ने, टिका टिप्पणी गर्ने मात्र होइन । यो मान्छेकोे दैनिक जीवन–उठबस, रोजीरोटीसँग जोडिएको विषय हो । यसैबाट व्यवसाय गरिरहेका छन् ।  संसारभरका विभिन्न कुना–कुनामा सम्भावनाहरू एक्सप्लोर गरेर, नेपालबाटै बसेर काम गरिरहेका छन् । सञ्चारको प्रमुख पूर्वाधार र माध्यम नै सोसियल मिडियाहरू हुन् । यसले आम जीवनमा धेरै नै ठूलो प्रभाव पर्छ,’ उनले भने । जुन तरिकाले सरकारले संजाल बन्द गर्न खोज्दैछ त्यसमा वैकल्पिक उपायहरु प्रयोग गरेर भएपनि संचालन गर्ने सम्भावनाहरु बढी रहेको उनले बताए । यसअघि टिकटक बन्द हुँदा भीपीएनको प्रयोग गरि चलाएको भन्दै सरकारले ठूलो संख्यामा सामाजिक सन्जाल बन्द गर्दा  भीपीएन प्लेटर्फमहरु वृद्धि हुने बताए । ‘प्रविधिक हिसावले भन्दा कि त इन्टरनेट नै बन्द गर्नुपर्यो । नत्रभने प्रटिकुलर प्लेटफर्महरु जुन तरिकाले सरकारले बन्द गर्न खोज्दैछ त्यसमा प्रयोगकर्ताहरुले वैकल्पिक उपायहरु  प्रयोग गरेर भीपीएन र डिएनएसहरु प्रयोग गरेर चलाउने सम्भावनाहरु बढी देखिन्छ । यसभन्दा अघिपनि टिकटक प्रतिबन्ध लगाँउदा अत्यन्तै धेरै संख्यामा भीपीएनहरु प्रयोग गरेर  चलाएका थिए । यसपालि धेरै ठूलो संख्यामा सरकारले सामाजिक सन्जाल बन्द गरेको छ । यसबेला ति प्लेटफर्महरु वृद्धि हुन्छ ।  यसले नेपालको इन्टरनेट पूर्वाधारमा पनि ठूलो दबाव र्सिजना हुन्छ,’ उनले भने । उनले व्यवसायमा मात्र नभई पत्रकारितामा वा आम नागरिकले पाउने सूचनाको हकमा यसले प्रभाव परेको बताए । उनले पत्रकारितामा पछिल्लो समय वितरणको माध्यमको रूपमा पाठकसम्म पत्रकारिताबाट उत्पादन भएका सामग्रीहरू वितरणको माध्यमको भूमिका चाहिँ सामाजिक सञ्जालले लिएको बताएका हुन् । सामाजिक सन्जाल बन्द गर्नाले आम सार्वजनिक सरोकारको विषयमा समाजमा भइरहने बहस छलफलहरूलाई कमजोर बनाएको उनको तर्क छ । ‘अरु क्षेत्रमा जस्तै पत्रकारितामा पनि अथवा आम नागरिकले पाउने सूचनाको हकमा पनि यसले प्रभाव पर्छ  । खासगरी पत्रकारितामा पछिल्लो समय पाठकसम्म पत्रकारिताबाट उत्पादन भएका सामग्रीहरू वितरणको माध्यमको भूमिका सामाजिक सञ्जालले लिएको थियो । सञ्चार माध्यम र अडियन्सको बीचमा अन्तरक्रिया गर्ने, दोहोरो अन्तरसंवादको प्लेटफर्म थियो ।  सामुदायिक वा व्यक्तिगत कुराहरु पत्रकारिताको डेफिनेसन भित्र नपर्ला तर आम सार्वजनिक सरोकारको विषयमा समाजमा भइरहने बहस छलफलहरूलाई पनि यसले कमजोर बनाएको छ’ उनले भने । अध्येता सुवेदीले सोसियल मिडिया अन्तरक्रिया गर्ने प्लेटफर्मको रूपमा मात्र नबुझि यसले इन्टरनेटको सबै सर्भिसेसहरूलाई प्रभावित गर्ने समेत बताएका हुन । उनले सञ्जालहरू अरू वेब सेवासँग कनेक्टेड भएर आएकाले एउटा समाचार माध्यमको समाचार छ भने त्यसको तल कमेन्ट गर्ने र व्यवसायीहरूले पनि आफ्नो कन्ट्याक्ट, ग्राहकहरूसँग कम्युनिकेसन टुल्सको रुपमा आफ्नो प्रोडक्टहरू डिस्ट्रिब्युसन गर्ने माध्यमका रुपमा प्रयोग भइरहेको औंल्याए । उनले संसदमा प्रतिनिधिहरूले गहनपूर्वक छलफल गरि , अन्तर्राष्ट्रिय अभ्यासहरूलाई हेरेर, जनताको भावना अनुकूल बहुआयामिक पक्षबाट व्यावहारिक हुनेगरी निर्णय लिएको भए त्यसलाई मान्य एवम स्वीकार्न आम नागरिक तयार रहेको पनि बताए । ‘यति संवेदनशील विषयलाई नियमन गर्न कानून निर्माणको चरणमा छ । त्यो संसदमा छ ।  संसदमा जनताबाट चुनिएका प्रतिनिधिहरूले के सही, के गलत भनि  गहनपूर्वक छलफल गरि अन्तर्राष्ट्रिय अभ्यासहरूलाई हेरेर, संविधानको मूल्य मान्यता र मापदण्ड सीमाभित्र रहेर कानून तयार गरेपछि, त्यसको आधारमा कार्यान्वयनमा जाँदा संविधान वा जनताको भावना अनुकूल र बहुपक्षीय बहुआयामिक पक्षबाट त्यो व्यावहारिक हुन्छ । त्यसमा मान्य र स्वीकार्न आम नागरिक तयार छ’, उनले भने । सरकारले हतारमा निर्णय गरेको मात्र नभइ दैनिकीलाई नै प्रभावित पारेको समेत बताए । कसैलाई कानून नै नमान्ने छुट नभएको तर कानून कुन आधारमा बनेको छ, कसरी बनेको भन्ने भनेर प्रश्न गर्न सबैले पाउनुपर्ने बताए ।