१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

क्रसर महासंघले भन्यो ः लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गरिएको छ । महासंघले कानूनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै, रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजश्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ । देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवाहरू तथा सुरक्षा निकायहरू संविधानको रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ । उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजश्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ। ‘सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । महासंघले मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ । साथै यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजी पुस्तासँग अपील गर्दै युवाको चाहनाअनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवद्र्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ ।  

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तरिम सरकारबारे शितलनिवास छलफलको तयारी

काठमाडौं ।शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ । विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपालका सेना प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू सहभागि हुने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि देशमा देखिएको राजनीतिक अनिश्चितता र जेनजस् नेतृत्वमा जारी विरोध प्रदर्शनको बीचमा यो भेला हुन लागेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । बैठकको प्रमुख एजेन्डाहरूमा अन्तरिम सरकार गठन र अन्तरिम प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित नियुक्तिको बारेमा छलफल हुने अपेक्षा गरिएको छ।      

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

बाजुरा । बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकाले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्ति सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गर्नेगरि कफ्र्यु आदेश जारी गरिएको थियो । आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई गरि २५ गते विहान ११ बजेदेखि लगाईएको कफ्र्यु खुकुलो पारि जनजिवन सहज बनाइएको हो । आज बिहान ११ः०० बजेदेखि कफ्र्यु खुकुलो बनाई निषेधाज्ञा भने जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने प्रशासन बाजुराले जनाएको छ। अत्यावश्यक काम बाहेक बाहिर हिड्डुल नगर्न भनिएको छ । निशेधाज्ञाका क्रममाः अत्यावश्यक सेवा एम्बुलेन्स, सववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन ,खाद्यान्न,औंषधी ओसारपसार गर्ने साधन सञ्चालन गर्न सकिनेछ । अत्यावश्यक काम बाहेक आवतजावत गर्न छुट्टाईएको समयमा सामाग्री किनमेल,एवम् धार्मिक ,संस्कृति परम्परागत अबलम्बनका लागी हिड्डुल गर्नका लागि मात्र भएको उक्त समयमा धर्ना,जुलुस,प्रर्दशन,लगायत गतिविधि,गर्न पुर्ण रुपमा निषेध गरिएको प्रजिअ गणेश प्रशाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ । कफ्र्यु जारी गरिए पश्चात् मार्तडी सहितका बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्यमा बृद्धि भएको हो । कफ्र्यु जारी पश्चात् दुई दिनमै सदरमुकाम मार्तडीलगायत अन्य जिल्लाका व्यापारिक केन्द्रमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि भएको पाइएको हो । कफ्र्युका कारण  सदरमुकाम मार्तडी सहितका बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।  

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई

काठमाडौं । जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  । प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् । सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं । भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्टा समाचारहरुमा विश्वास नगर्न आम सर्वसाधारणहरुमा आग्रह गरेको हो । ‘विद्यमान परिस्थितिमा […]

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

दोधारा चाँदनी कञ्चनपुर, २७ भदौः जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेको कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए । “हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउनेक्रम […]

कर्णाली मुख्‍य समाचार समाचार

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट हुम्ला, २७ भदौः बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । खाद्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वप्रधानन्यायाधीश कार्कीलाई तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न एमाले नेता बस्नेतको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने निश्चित भएमा बधाई दिदैँ तुरुन्तै गर्न सकिने व्यावहारिक कदमहरू चाल्न सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अन्तरिम प्रधानमन्त्री भएपछि मृतक र घाइतेलाई न्याय र क्षतिपूर्ति, राहत र पुनस्र्थापना कोषलगायत अन्य तुरुन्तै गर्न सकिने सुझाव दिएका हुन् । उनले हालको विनाशकारी आन्दोलनपछि देशले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

काठमाडौं । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैं फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदीबन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुंगानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् । कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् । ‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ । तीन जना स्कुटरमा आएका व्यक्तिले खुकुरी देखाउँदै […]

बागमती मुख्‍य समाचार विशेष समाचार

काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी

काठमाडौं । नेपाली सेनाले शुक्रबार नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा र कफ्र्यू आदेशलाई निरन्तरता दिने भएको छ । एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । यस्तै बेलुकी ७ बजे देखि भाद्र २८ गते विहान ६ बजे […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अन्तरिम सरकार गठनबारे आज पनि निर्णायक छलफल, सुशीला कार्कीको नेतृत्वमा सहमति नजिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर लामो बैठक गरेका थिए। तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षमा पुग्न सकेन । आज […]