१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

एनआरएनए युवा उद्यमशीलता समितिको संयोजकमा नारायण समाजसेवी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ । गत साउन १८ गते बसेको आईसीसी बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त पदमा चयन गरेको हो। समितिको अध्यक्षको हैसियतमा उनले युवाविभाग प्रमुखलाई प्रत्यक्ष प्रतिवेदन  दिने व्यवस्था गरिएको छ। एनआरएनएले जारी गरेको पत्रमा […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुभकामना सन्देशमार्फत उनले बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज राष्ट्रिय बाल दिवस

काठमाडौं । आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । बाल […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । यस्तै,कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा […]

बागमती मुख्‍य समाचार समाचार

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो। अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् । जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौँ । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पार्टी भित्रको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान सुरु गर्न आग्रह गरेका छन्  । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्ने समय आएको बताए । उनले लेखेका छन्,’ पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आन्दोलनमा विजयको ज्यान गयो, गाउँमा बुबाआमा बेखबर

सिरहा, २९ भदौः हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बस्नुभएको छ । छेउमै जलेश्वरीदेवी ९विजयकी आमा० उसैगरी टोलाइरहनुभएको छ । शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उहाँको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जहाँबाट अब विजय कहिल्यै फर्कनेवाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले ‘जेनजी पुस्ता’ आन्दोलनमा गत मङ्गलबार संसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् । राष्ट्रपति […]

बागमती मुख्‍य समाचार विशेष समाचार

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग […]

बागमती मुख्‍य समाचार विशेष समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा […]