१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

काठमाडौँ, २८ भदौः संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी […]

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्। ४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए । यसअघि उनको फोन अफ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहित घोषणा गरिनुपर्छ

काठमाडौं । जेनजी समूहले आब्हान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएको जेनजीहरुको परिवारहरुले न्यायको माग गरिरहेका छन् । शुक्रबार काठमाडौंमा हामीलाई न्याय चाहियो भन्ने नाराका साथ उनीहरुले न्यायको माग गरेका हुन् । भदौ २३ गते राज्य पक्षद्वारा क्रूरतापूर्वक अन्दाधुन्द गोली चलाउँदा एकै दिन १९ जनाको मृत्यु भएको थियो । सोही क्रममा एकजना मृतकको परिवारको सदस्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन

काठमाडौं । गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरुको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । नक्कली जेनजी बनेर बार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरुको अनुपस्थितिमा भएका कुनैपनि निर्णय मान्य नहुने बताएका हुन् । आन्दोलनमा आठवटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरु सबैलाई अस्पतालमा नै रहेको बताउँदै […]

बागमती मुख्‍य समाचार विशेष समाचार

संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न मुस्लिम संघको माग

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी पुस्ताको माग सम्बोधन गर्ने क्रममा २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न आग्रह गरेको छ । आन्दोलनका क्रममा भएको क्षति र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले नेपालको संविधानभित्रैबाट निकास खोज्नुपर्नेमा जोड दिएको हो । संघका महासचिव प्रवेज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा […]

बागमती मुख्‍य समाचार समाचार

जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप

काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ । आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी […]

बागमती मुख्‍य समाचार समाचार

शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत उनले जेनजी आन्दोलनका क्रममा केहि व्यवसायीहरु माथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् । साथै उनले यस […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताए  । कार्कीले वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका अन्त्य गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन–जीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ । हाम्रो तर्फबाट पनि वहाँ गई पूर्णसमर्थन र अग्रिम बधाई, उनले अगाडि लेखेका छन्,‘अब वहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’ त्यस्तै डा. भट्टराईले ०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कति पनि मेल नखाने जिकिर गरे । ‘त्यतिवेला विद्यमान ‘अन्तरिम संविधान २०६३ मा’ राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) वीचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो । तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेन जी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलन भन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जी को दीर्घकालीन हितमा हुनेछ ।’  

बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेनजीहरुको मागलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली काङ्ग्रेस पार्टी जेनजीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए । उनले भने, ‘यो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ : मुख्य सचिव अर्याल

काठमाडौं । जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् । आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए […]

बागमती मुख्‍य समाचार विशेष समाचार

दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी

काठमाडौं । होटल संघ नेपालले जनेजी आन्दोलनको क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ (तुल्सीपुर) लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र विदेशी ब्रान्डसहितका चर्चित होटलहरू […]