हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन् । अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर नबस्ने विषयमा लगातार गुनासा आएपछि उनले आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा केही डाक्टर डिउटी समयमा उपस्थित नभेटिएपछि मुख्यमन्त्री बानियाँले अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए । […]











