१७ आश्विन २०८३, शनिबार
कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली, ३१ भदौः कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन् । आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु

ललितपुर, ३१ भदौः ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु भएको छ । सङ्घीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सङ्कलन […]

गण्डकी मुख्‍य समाचार समाचार

दूग्ध उत्पादन किसानलाई अनुदान

गलकोट बागलुङ, ३१ भदौः किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम बागलुङमा प्रभावकारी बनेको छ । सहकारीमार्फत दूध सङ्कलन र बजारीकरण गरेका किसानले प्रतिलिटर दूधमा रु पाँच अनुदान पाएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा बागलुङका आठवटा दुग्ध उत्पादनक सहकारीमा आबद्ध किसानले रु ३७ लाख ३२ हजार रकम अनुदान प्राप्त गरेका छन् । […]

कोशी मुख्‍य समाचार समाचार

भोजपुरे खुकुरी को माग उच्च : बनाउन कालीगढको चरम अभाव

भोजपुर, ३१ भदौः परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा सङ्कटमा पर्दै गएको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तरराष्ट्रिय बजारसम्म हुने भए पनि […]

बागमती मुख्‍य समाचार समाचार

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आग्रह

काठमाडौँ, ३१ भदौः सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गर्नुभएको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनीहरूले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय […]

कोशी मुख्‍य समाचार समाचार

सात सय पाँच कैदीबन्दी पक्राउ

इनरुवा सुनसरी, ३१ भदौः सुनसरी रामधुनी नगरपालिका ५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार

एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

कूल वस्तु व्यापारः रु एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

काठमाडौँ, ३१ भदौः चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौँ, ३१ भदौः चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा मामुली गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २ अर्ब ९३ करोड […]

बागमती मुख्‍य समाचार समाचार

शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिनथाल्यो सेवा

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गर्न थालिएको छ । काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो । विद्यार्थीलाई घरमै बसेर सम्पूर्ण शैक्षिक जानकारी उपलब्ध गराउने उद्देश्यसहित विकसित भाषिका सफ्टवेयरमा एआई काउन्सिलिङ सिस्टमको विकास गरिएकाले यो नेपालका लागि […]

बागमती मुख्‍य समाचार समाचार

खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन […]