१६ आश्विन २०८३, शुक्रबार
गण्डकी पर्यटन मुख्‍य समाचार

उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा, ११ कात्तिक ः उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ । पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियानः भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

बैतडी, ११ कात्तिकः सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो । स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक महराले अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहनुुभएको छ । यसअघि […]

मधेश मनोरन्जन मुख्‍य समाचार

सिरहामा धूमधामका साथ छठ पर्व सम्पन्न

सिरहा । आज छठ पर्वको मुख्य दिनमा सिरहाका विभिन्न तलाउ, नदी र पोखरीहरूमा व्रतालुहरूले विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न गरेका छन् । हजारौं भक्तजन बिहानैदेखि पवित्र स्नान, पूजा र अघ्र्यका लागि घाटमा भेला भएका थिए । श्रद्धा, भक्ति र अनुशासनको प्रतीक यस पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्यदेव र […]

बागमती मुख्‍य समाचार समाचार समाज

अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो । विभागका अनुसार आव २०८२÷८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डल’ले सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्न माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् । ‘यस सत्यलाई आत्मसात् […]

मधेश मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै मधेसमा छठ सम्पन्न : छठके सनेस सुरु

महोत्तरी, ११ कात्तिक : मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन आइतबार मध्यरातपूर्वदेखि निराहार व्रत बसेका बर्तालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यसपालिको छठ सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । यसरी निर्जला व्रत अहिले बिहान […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो ७० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल नेपालले भारतलाई २–१ ले पराजित

काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् । यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । साथै,  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा […]

मुख्‍य समाचार विशेष समाचार समाचार

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ । बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टीभित्रको गुटबन्दी बन्द गर्दै विगतका मापदण्ड बदल्नुपर्छ : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए । उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु […]