१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

काठमाडौँ, ११ कात्तिकः नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्य ५० जनालाई तिलिचो […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेस र कोशी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ११ कात्तिक : बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आउँदो बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश र […]

मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्रदेश र बेलायतबीच सहकार्यबारे छलफल

लुम्बिनी, ११ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको उक्त भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा छलफल भएको थियो । भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित […]

बागमती मुख्‍य समाचार समाचार

सञ्चारकर्मी बगाले सम्मानित

काठमाडौँ, ११ कात्तिकः जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले सम्मानित भएका छन् । आज एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र गैरआवासीय नेपाली सङ्घ एनआरएनए का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा उनलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । जेन्जी प्रदर्शनका क्रममा क्षतिग्रस्त काठमाडौँ उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सञ्चारमाध्यमका तर्फबाट उल्लेखनीय सहयोग पु¥याएबापत […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित

बर्दिया । बर्दिया लगायत आसपासका क्षेत्रमा गएराती देखि पानी परेपछि खेतमा धान भिजेको छ । काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि कृषकहरू चिन्तित भएका छन् । मोटा र सुख्खा खेतमा छिटो फल्ने धान कृषकले करिब करिब भित्र्याएपनि गहिरो खेतमा ढिलो पाक्ने धान भिजेको छ । विउ र मलको अभाव भएपनि धान उत्पादन गरेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङले गरे अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरेका हुन् । उनले भने, ‘जलविद्युतको अपार सम्भावना, […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङ र मनाङमा भारी वर्षा

काठमाडौँ, ११ कात्तिकः पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो । विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४।४ मिलिमिटर वर्षा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलन २०८२ समन्वय संघर्ष समितिले सार्वजनिक गर्यो ‘राष्ट्रिय निकास प्रस्ताव’

काठमाडौं । जेनजीको आह्वानमा भएको जन आन्दोलन २०८२ समन्वय संघर्ष समितिले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवापलायनकाबीच आज एक निर्णायक दस्तावेज ‘नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशा’ शीर्षकको प्रस्ताव सार्वजनिक गरेको छ । आन्दोलनले राष्ट्र नयाँ युगको प्रवेशद्वारमा रहेको भन्दै सर्वपक्षीय छलफल र ठोस सुधारका पाँच आधारस्तम्भ प्रस्तुत गरेको छ । जेनजी राष्ट्रिय […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरा अस्पतालमा जिवनजल अभाव हुँदा विरामीलाई सास्ती

बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन् । झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् । झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा  बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् । अस्पतालमा लामोसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जतिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन् । जिवनजल खरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनको भनाइ छ । औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधी वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक बर्षमा ९८ प्रकारका निः शुल्क औंषधीको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ । जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत  पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।  

कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्स

काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रा.लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक  आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेन्जी आन्दोलनमा क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग गरेबापत पत्रकार रामजी बगालेलाई विशेष सम्मान

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । एनआरएनएको पहल र सहयोगमा सम्पन्न पुनर्निर्माण कार्यले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई थप सशक्त बनाएको भन्दै सरोकारवालाहरूले प्रशंसा व्यक्त गरेका छन् । सो अवसरमा सञ्चार माध्यमको तर्फबाट उल्लेखनीय सहयोग […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादव बिच भेट

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संग भेट गरेका छन् । बाराको कलैयामा भएको भेटमा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा छलफल भएको हो । छठ पर्व सकिएपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी रहेका मुख्यमन्त्री […]