१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले सचिवालय बैठक शनिबार बस्ने

काठमाडौँ, ११ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ । गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११आँै महाधिवेशन आगामी मङ्सिर २७ देखि मङ्सिर २९ गतेसम्म पोखरामा […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ, ११ कात्तिक : अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो । यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । उद्योग प्रभावित वासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर पोर्टल मार्फत पनि दिन सकिन्छ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुनेछ । यसको विक्रि प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेड ले वहन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ सय रुपैयाँ अंकित दरमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो ।  

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

बागमती, ११ कात्तिक ः बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।  गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् । स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो […]

बागमती मुख्‍य समाचार समाचार

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

म्याग्दी, ११ कात्तिकः हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । सडक […]

बागमती मुख्‍य समाचार समाचार

सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, ११ कात्तिक : सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार

मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङ, ११ कात्तिकः मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ । त्यसैगरी, […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस झापामा दुर्घटना, १९ जना घाइते

रामेछाप ।  रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बस झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१–०१–००१ क ४२०९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो। बसमा २५ जना सवार […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति

महेन्द्रनगर, ११ कात्तिकः जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण सङ्कलन गरिएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरका […]

कोशी मुख्‍य समाचार समाचार

अरुण नदीको सतिघाटमा फेरी पुनः सञ्चालन

भोजपुर, ११ कात्तिकः उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षात्को समयमा नदीको बहाव […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति

काठमाडौँ, ११ कात्तिकः सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ । सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गर्ने सरकारको रणनीति […]