१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा

काठमाडौँ, ११ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल, सङ्घीय संसद्का महासचिव र प्रतिनिधिसभाका सचिवसमक्ष राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आजदेखि लागू हुनेगरी राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेका विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा ६ को खण्ड क बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन […]

बागमती मुख्‍य समाचार समाचार

६२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ । मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले ओली सरकारमा गएर ठुलो गल्ती ग¥योः हितबहादुर तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनस्र्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको […]

गण्डकी मुख्‍य समाचार समाचार

माइक्रो दुर्घटनामा १४ जना घाइते

दमौली तनहुँ, ११ कात्तिकः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको […]

खेलकुद मधेश मुख्‍य समाचार समाचार

कुस्ती खेललाई संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्छ : पूर्वमन्त्री यादव

वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा […]

बागमती मुख्‍य समाचार समाचार

डाक्टर गोपीलाल न्यौपानेद्वारा नेपाल लिबरल पार्टी को घोषणा

काठमाडौं । डाक्टर गोपीलाल न्यौपाने नयाँ दल ‘नेपाल लिबरल पार्टी’कोे घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वको ‘नेपाल लिबरल पार्टी’ को घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै उनले पुँजीवादमा विश्वास गर्ने पार्टीको घोषणा गरेको बताउँदै यो नेपालको इतिहासमा नै एउटा ऐतिहासिक क्षण हुने बताए । अब नेपाल लिबरल पार्टी […]

बागमती मुख्‍य समाचार समाचार

हवाई उडान सामान्य प्रभावित

काठमाडौँ, ११ कात्तिकः प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हँुदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् । अहिले अन्तरराष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन अनुरोध

काठमाडौं ।  बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ । ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको […]

गण्डकी मुख्‍य समाचार समाचार

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

गण्डकी, ११ कात्तिकः गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा […]

बागमती मुख्‍य समाचार समाचार

छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ

काठमाडौं । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ । यस वर्षका लागि काठमाडौं महानगरभित्र कमलपोखरी, गौरीघाट, बोक्सी दह, बागमती दोभान, टंकेश्वर, बल्खु कुमारी […]

बागमती मुख्‍य समाचार समाचार

देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्र्न आग्रह गरेका छन् । उनले कांग्रेस महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताए । गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी […]