१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

बास्तोलाको रगतको मूल्य लोकार्पण

काठमाडौँ, १४ कात्तिक : कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गरेका हुन् । सो अवसरमा साहित्यकार रोदनले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

मलंगवा ।  सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ । आक्रोशित वडाध्यक्ष र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस बैंठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

काठमाडौं । पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु( गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन

काठमाडौं । हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी […]

कोशी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो । तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर सहित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ 

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताए । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’ उनले प्रश्न गरे । श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको विषय नभएको बताए । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सकारलाई अपराधीलाई उन्मुक्ति दिने हिसाबले ख्यालख्याल नगर्न आग्रह गरे । ‘राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो होइन ।’ उनले भने । भदौ २३ र २४ को घटनालाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उनले बताए । मेटा कम्पनीको सामाजिक सञ्जाललाई कर तिर, कानुनको दायरामा आऊ भन्दा उसको समेत लगानीमा जेनजीका नाममा नेपालमा विध्वंस मच्चाइएको उनले बताए । ‘साम्राज्यवादीको जेनजीलाई प्रयोग गरेर नेपाल ध्वस्त बनाउने योजना अनुसार भदौ २३ र २४ को घटना भयो, राज्यका संरचनासँगै नेपाली लगानीका उद्योग व्यवसायलाई ध्वस्त बनाउने काम भयो ।’ उनले भने । आन्दोलनको बेला नेपाली सेना लगायतका सुरक्षा संयन्त्रको भूमिका समेत निष्क्रिय रहेको बताउँदै श्रेष्ठले त्यसको पनि छानबिन हुनु पर्ने बताए । सो घटनाको निष्पक्ष छानबिन गरी कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । उद्योगी व्यवसायीको क्षेत्रमा आएका समस्या समाधानको लागि प्रयास गर्न पनि उनले नेपाल उद्योग तथा व्यवसायी महासंघलाई आग्रह गरे । महासंघले गरेको कामले अरूलाई पनि प्रभाव पार्न सक्नु पर्नेमा उनले जोड दिए । अहिलेको असहज परिस्थिति धेरै समय नरहने बताउँदै उनले अहिले जुन हिसाबले गलत व्याख्या गरिएको छ त्यस्तो स्थिति नभएको बताए । संगठनको पुनर्गठन भनेको व्यक्ति भन्दा पनि संरचना र काम गर्ने शैलीको पुनर्गठन भएको उनले प्रष्ट पारे ।  

बागमती मुख्‍य समाचार समाचार

फेरी बढ्यो सुन चाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

कञ्चनपुर, १४ कात्तिकः शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए । पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम […]

बागमती मुख्‍य समाचार समाचार समाज

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौँ, १४ कात्तिकः बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

मुख्यमन्त्री कार्कीको आग्रहः विद्युत् र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याऔं                                                                                        

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई तत्काल वार्ता र संवादमार्फत टुंग्याउनुपर्ने बताएका छन् । आज जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाउँदै दुवै पक्षलाई छलफल र सहकार्यको बाटोमा फर्किन आग्रह गरे । उनले भने,‘उद्योग बन्द हुँदा अर्थतन्त्र मात्र होइन, हजारौं परिवारको रोजगारी संकटमा पर्छ। वार्ता र समन्वयबाटै समस्या समाधान गर्नुपर्छ’ । मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार माध्यममा भएको तोडफोड र आगजनीले लगानीकर्तामा डर र असुरक्षाको वातावरण बनाएको बताए । उनका अनुसार यस्तो अस्थिरताले स्वदेशी तथा विदेशी लगानीकर्ता दुवैलाई निरुत्साहित बनाउने खतरा देखिएको छ । कार्कीले हाल नेपालको आर्थिक समस्या क्रमशः सुधारतर्फ उन्मुख भइरहेका बेला पुनः विवाद र असमझदारीले प्रतिकूल प्रभाव पारेको बताए । ‘अर्थतन्त्रमा सुधारको संकेत देखिँदैछ, तर विवाद र अविश्वासको वातावरणले त्यो प्रयासलाई कमजोर बनाइरहेको छ,’उनले उल्लेख गरे । मुख्यमन्त्री कार्कीका अनुसार सरकार र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु देशको आर्थिक भविष्यका लागि घातक हुन्छ । उनले भने, ‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। त्यसको संरक्षण, प्रोत्साहन र समस्या समाधान राज्यको दायित्व हो’ । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अभिभावकको भूमिकामा रहेर सबै पक्षलाई एउटै मञ्चमा ल्याएर स्थायी समाधानका लागि पहल अघि बढाउने प्रतिबद्धता जनाए ।    

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

महेन्द्रनगर, १४ कात्तिकः कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ । बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको प्रगति कछुवा गतिमा भएको हो । मुआब्जामा स्थानीयको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी, १४ कात्तिक : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन्। आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ […]