१६ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिइने

पर्वत, १४ कात्तिकः किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका […]

गण्डकी मुख्‍य समाचार समाचार

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ, १४ कात्तिकः वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ, १४ कात्तिकः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन […]

बागमती मुख्‍य समाचार समाचार

मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

काठमाडौँ, १४ कात्तिकः मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार 

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ । शुक्रबार प्रेस चौतारी नेपालले एक विज्ञप्ति जारी गर्दै लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको जनाएको छ । पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्  । प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहरस्थित घरमा गएराति करिब १२ बजे ढुंगा प्रहार गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल घोर निन्दा प्रकट गर्दछ ।’ ढुंगा प्रहारबाट घरका झ्यालका सिसाहरू फुटेका छन् र अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् । ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो । यो आक्रमण योजनाबद्धरूपमा गरिएको हाम्रो निष्कर्ष छ । भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिनु र गएरति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ,‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास प्रयास सफल हुन सक्दैन । प्रेस चौतारी नेपाल यो घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कठघरामा उभ्याउन सुरक्षा निकाय र हलाई तत्काल कार्यनी कठपरामा उभ्याउन सुरक्षा निकाय प्रशासनसँग माग गर्दछ ।’  

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ । उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ । सोही दिन, युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए । उनले पोकरोभ्स्क र कुपियान्स्कमा युक्रेनी सेनाहरूले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । त्यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको छ।  

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

‘परान’ आजदेखि प्रदर्शनमा

काठमाडौँ, १४ कात्तिकः नेपाली चलचित्र परान आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ । सुख खोज्ने बहानामा खुसी छोडिरहेकाको कथाले दर्शकलाई भावनात्मक रुपमा जोड्ने निर्देशक दीपकप्रसाद आचार्यले बताए। उनले भने, चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाएको छु । अहिले भविष्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा आक्रमणको निन्दा

काठमाडौँ, १४ कात्तिकः प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा प्रकट गरेको छ । महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाको केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य भएको […]

गण्डकी मुख्‍य समाचार समाचार

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा, १४कात्तिकः मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले […]

मधेश मुख्‍य समाचार समाचार

बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

सर्लाही । मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तिहार लगत्तै भित्र्याउने तयारीमा रहेका किसानहरू अहिले फलेको धान खेतमै नष्ट भएपछी चिन्तित बनेका छन् । कोडैनाका किसानहरूको अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या देखिएको छ। […]

गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ, १४ कात्तिकः अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

बाजुरा । बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो । बाजुराका अधिकाशं गाउँ बस्तीमा मकै खेती राम्रो उत्पादन हुने गरेको छ । मकै राम्रो उत्पादन भए पनि खेती भने जोगाउनै मुस्किल हुने गरेको छ । जङ्गली जनावर बाँदरका […]