१६ आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमाः भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव

बाजुरा । भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् । हरेक बर्ष बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको समाचार आउँने गरेका छन् । घरपरिवारको स्वास्थ्य हेरचाह, असुरक्षित […]

गण्डकी मुख्‍य समाचार समाचार

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ, १५ कात्तिक : जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई रु १२ लाख […]

गण्डकी मुख्‍य समाचार समाचार

समयमा काम नहुँदा करोडौँका योजना फिर्ता

बलेवा बागलुङ, १५ कात्तिकः विकासे योजनामा बजेट पारिदिएको भन्दै सङ्घ र प्रदेश सांसदले सामाजिक सञ्जालमा पोष्ट्याएर जस लिने होडबाजी गर्छन् र जनताको बधाईसमेत खान भ्याउँछन् । तर, ती योजना कार्यान्वयनको अवस्था र विनियोजित बजेट सदुपयोग भए–नभएबारे बेवास्ता गर्दा गत आर्थिक वर्षमा झण्डै रु डेढ अर्ब बजेट फ्रिज भयो । जिल्ला तहमा वर्षको एकपटक हुने विकास […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समयसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ । शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो । महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण, आज बिहान कोशी, बागमती […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ

काठमाडौं । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, १४ कात्तिकः काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो । कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

काठमाडौँ, १४ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् । एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए। उनले भने, हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पु¥याएका छौँ […]

बागमती मुख्‍य समाचार समाचार

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ, १४ कात्तिकः आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको आयोगले जनाएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जातीय विभेद र हिंसा अन्त्य गर्न दलित नागरिक संस्थाहरूको आह्वान

काठमाडौं । नेपालका प्रमुख दलित नागरिक संस्थाहरूको समूहले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा जरा गाडेर बसेको जातीय विभेद, हिंसा र दलितहरूप्रतिको प्रणालीगत बहिष्कारविरुद्ध निर्णायक कदम चाल्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को विश्वव्यापी आवधिक समिक्षा (युपीआर) कार्य समूहमा संयुक्त प्रतिवेदन पेश गरेको दलित नागरिक समूहले जातीय विभेद, हिंसा र दलितहरूप्रतिको प्रणालीगत बहिष्कारविरुद्ध निर्णायक कदम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौँ, १४ कात्तिकः नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गरेका प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी […]