१६ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

ढोरपाटन बागलुङ, १५ कात्तिक : यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ । […]

मुख्‍य समाचार लुम्बिनी समाचार

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

राँझा बाँके,१५ कात्तिक : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाएपनि आफुहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

झापामा तीन महिनामा ३१७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर झापा, १५ कात्तिक : जिल्लामा चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न उद्योगी–व्यवसायीलाई मन्त्री घिसिङको आग्रह

काठमाडौं । उर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङले बक्यौता असुलीको विषयमा आफ्नो अडान फेरि पुष्टि गर्दै सबै उद्योग–व्यवसायीहरूलाई नियम अनुसार बक्यौता बुझाउन आग्रह गरेका छन् । घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोडसेडिङका कारण देश अन्धकारमा डुबेको समयमा केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् आपूर्ति पाएका थिए । तर प्रिमियम महसुल […]

कोशी मुख्‍य समाचार समाचार समाज

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

खोटाङ, १५ कात्तिक ः पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईसीसी लिग–२ः आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बिहान सवा ११ बजे युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुन लागेको हो । जारी शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल […]

गण्डकी मुख्‍य समाचार समाचार

बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी, १५ कात्तिक : म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत घुमाउनेमा खसेको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिका बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई गन्तव्यमा […]

बागमती मुख्‍य समाचार समाचार

शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा

काठमाबडौँ, १५ कात्तिकः मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलन घाइते परिचयपत्र वितरण गरिँदै

बैतडी, १५ कात्तिकः जेनजी आन्दोलनका क्रममा घाइते भएका बैतडीका व्यक्तिहरूलाई ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने तयारी भएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बैतडीका छ जना घाइते भएको सूची स्वास्थ्य मन्त्रालय हुँदै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । घाइते परिचयपत्र वितरणका लागि सूची सार्वजनिक गरिएको बैतडीका प्रमुख […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

हरिबोधिनी एकादशी आज, भीमफेदी र मकवानपुरगढीमा विशेष मेला

हेटौंडा । आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । आजको दिनमा मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डी मन्दिर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ । आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ । अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव […]