१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

पहिराले कान्तिलोकपथ अवरुद्ध

बागमती, १६ कात्तिक : हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनले बताए । त्यसैगरी, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७४ रुपैयाँ, आलु रातो प्रतिकिलो ८० रुपैयाँ, आलु रातो (भारतीय) […]

मधेश मुख्‍य समाचार समाचार

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सहित चार जनाको मृत्यु

धनुषा, १६ कात्तिकः यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छभने दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत […]

मुख्‍य समाचार लुम्बिनी समाचार

छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा

गुल्मी, १६ कात्तिक : यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । […]

गण्डकी मुख्‍य समाचार समाचार

पहिराले कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ, १६ कात्तिक : यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्ला खोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको स्तर देखायो

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुकाउने दिन सकिएको बताएका छन् । शनिबार राति बालेन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको भन्दै अव जनता नझुकिने जिकिर गरेका हुन् । बस्नेतले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो राति […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ । चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ । सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बताएका छन् । विशेष गरी ठूलो वजनका आभूषण तथा लगानीका लागि बनाइने सिलभर बारहरूको माग अत्यधिक […]

कोशी मुख्‍य समाचार समाचार समाज

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

तेह्रथुम, १६ कात्तिकः नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् । वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ […]

मधेश मुख्‍य समाचार समाचार

मिथिलामा मनाइयो देवोत्थान उत्सव

महोत्तरी, १६ कात्तिकः मिथिला क्षेत्रमा शनिबार देवोत्थान उत्सव मनाइएको छ । मैथिल परम्परामा प्रवोधिनी पनि भनिने कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णु निद्राबाट ब्युझनुभएको विश्वासमा यस दिन व्रत, भजनकीर्तन र भगवान् श्री विष्णु र तुलसाबीच विवाह समारोह गरेर देवोत्थान उत्सव मनाइएको हो । पर्वका अवसरमा यहाँका मठमन्दिर र घरघरैजसो तुलसा र शालिग्राम भगवान् विष्णुको प्रतीक०को […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा आजदेखि धान खरिद

दोधारा चाँदनी कञ्चनपुर, १६ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज आइतबार देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिए । कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टलमात्र […]

गण्डकी मुख्‍य समाचार समाचार

मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका

मध्यविन्दु नवलपरासी, १६ कात्तिकः नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आएका छन् । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् । थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि […]

गण्डकी मुख्‍य समाचार समाचार

सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण

पर्वत, १६ कात्तिकः सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरवाहीले जोखिमपूर्ण बनेको छ । पोखरा–बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने भए पनि समयमा काम नगर्दा यात्रुहरूलाई सास्ती भएको हो । सिल्मी–ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत ठाउँमा रहेको सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगिएको तर, उक्त […]