१६ आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि १

म्याग्दी, १६ कात्तिकः सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

औली उतर्ना पूजाको दृश्य देख्नै मुस्किल

कञ्चनपुर, १६ कात्तिक : धान काटिसकेपछि खेतमै गरिने परम्परागत ‘औली उतर्ना पूजा’ लोपोन्मुख अवस्थामा पुगेको छ । विशेष गरेर धान काट्न प्रयोग हुने करौती र हँसिया एवं यस्ता हतियारमा धार लगाउन प्रयोग हुने पत्थरलाई पूजा गर्ने परम्परालाई ‘औली उतर्ना पूजा’ भन्ने गरिन्छ । पहिलेका दिनमा थारू समुदायले धान काटिसकेपछि खेतका कुनामा हँसिया र धार लगाउने […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी

महेन्द्रनगर, १६ कात्तिक ः कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ । […]

कोशी मुख्‍य समाचार समाचार

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध

गाईघाट उदयपुर, १६ कात्तिक : निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पु¥याएको हो । बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा […]

बागमती मुख्‍य समाचार समाचार

ढाका बीटीटीएफ–२०२५ः नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति

काठमाडौँ, १६ कात्तिक ः नेपालले बङ्गलादेशको ढाकामा हालै सम्पन्न तीनदिने तेह्रौँ बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर बीटीटीएफ मा पर्यटकीय गन्तव्यबारे विस्तृत विशेष प्रस्तुती गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराए । त्यसैगरी, बङ्गलादेशका लागि नेपालका राजदूत […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कोशी मन्त्रिपरिषद् ः शैलजा हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत, सवारी–लाइसेन्सको जरिवाना मिनाहा

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रका विभिन्न प्रशासनिक र विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश सरकारले स्थापना गरेको शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनका लागि कार्यविधि स्वीकृत गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार कार्यविधि स्वीकृत भएपछि अब केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइनेछ । बैठकले जेनजी आन्दोलनका कारण रोकिएका सवारीसाधन र चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणमा जरिवाना मिनाहा गर्ने निर्णय पनि गरेको छ । मन्त्री भण्डारीका अनुसार सेवा सुचारु नहुनु अवधिलाई ‘शून्य समय’ मानेर जरिवाना लाग्ने छैन । प्रदेशका इटहरी र विर्तामोडबाहेकका सबै यातायात कार्यालयले सोमबार (कात्तिक १७ गते) देखि सेवा सञ्चालन गर्ने छन् । आन्दोलनका क्रममा पूर्ण क्षति भएका इटहरी र विर्तामोड कार्यालयमा भने सूचना प्रकाशित भएपछि मात्रै सेवा सुरु हुनेछ । लाइसेन्स प्रणाली भने सर्भर नचल्दा स्थगित रहेको मन्त्री भण्डारीले बताए । ‘सेवा सुचारु नहुँदासम्म नागरिकलाई जरिवानाको बोझ नपरोस् भन्ने सरकारको नीति हो,’ मन्त्री भण्डारीले भने । बैठकले जेनजी आन्दोलनबाट क्षति भएका संरचना मर्मत–सम्भार र पुनःनिर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको छ । आवश्यक परे नयाँ सवारी खरिद वा मर्मतपछि सञ्चालन गर्ने, बीमाबाट क्षतिपूर्ति प्रक्रियासमेत अघि बढाउने निर्णय पनि भएको छ । त्यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत अस्थायी कर्मचारीका दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ । सरकारका अनुसार, यी निर्णयहरू प्रदेश प्रशासनलाई सक्रिय, नागरिक सेवा सहज र पूर्वाधार पुनस्र्थापनामा केन्द्रित बनाउन गरिएको हुन् ।  

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृत्यु

बाजुरा । बाजुरामा बस दुर्घटनामा परि घाइते भएका बस सहचालक बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् । घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मुल्य बढ्दा चाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य ७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो । त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला […]

बागमती मुख्‍य समाचार समाचार

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौँ, १६ कात्तिकः सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्याधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ । प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापनका गतिविधि गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले : मन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन् । उनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् । गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेपछि शिक्षामन्त्री पुनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका […]

बागमती मुख्‍य समाचार समाचार

अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा हिमेश पन्त 

काठमाडौं । चर्चित कमेडिएन हिमेश पन्तले काठमार्डौ महानगरपालिकाका मेयर बालेन शाहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन् । शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो । तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवम चर्को आलोचना गरिरहेका छन् । यसविचमै कमेडिएन पन्तले भने बालेनबाट थुप्रै  युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन् । उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन् । उनले भनेका छन् ः बालेनबाट अझै पनि देशका धेरै युवालाई आशा छ; किनभने ऊ बोल्छ, डराउँदैन, र पुरानोलाई हल्लाउने साहस गर्छ । तर नेतृत्व केवल आवाजको कुरा होइन, संयम, सोच र समयको पनि कुरा हो । पुराना नेताहरूले जिम्मेवारीको नाटक गरे, तर उनिहरुसककग न त दबअपदयलभ थियो, न त खष्कष्यल नै । अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्याउनु हुँदैन । किनभने हाम्रो लडाइँ कतबतगक लेखेर होइन, कथकतझ बदल्नका लागि हो ।   बालेनको हावा कतबतगक सायद गलत सोचबाट होइन, गलत तरिकाबाट आएको शब्द थियो । जनताले कुरा बुझ्न चाहेका थिए, न कि शब्द मभभितभ भएको देख्न । किनकी मभभितभ त उयकत मात्रै हुन्छ, तर आशा मभभितभ हुँदैन । हामीलाई अझै पनि विश्वास छ, बालेनले मष्चभअतष्यल देखाउने क्षमता राख्छ । तर डाइरेशन(मष्चभअतष्यल) दिन चाहने हातले, हावा होइन ः स्थिरता र संयम बोकेर लेख्नुपर्छ । किनभने अहिले देशलाई चाहिएको नेता बोल्ने होइन, बुझ्ने र बुझाउने हो । र नेतृत्वको शक्ति शब्दमा होइन, आत्मसंयम र दृष्टिमा हुन्छ ।