२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, २७ असोज : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ । हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक

बागमती, २७ असोज : बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेश सभाहल र प्रदेशसभा सचिवालय भवन ध्वस्त भएपछि तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी आन्दोलनका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

काठमाडौँ, २७ असोजः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

केरा बिक्री नहुँदा किसान मर्कामा

घोराही दाङ, २७ असोजः राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुग्नुभएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । सुरुआतमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर […]

मधेश मुख्‍य समाचार समाचार समाज

पर्सामा महिलाको नाममा तीन सय ३६३ घरेलु उद्योग सञ्चालन

वीरगञ्ज पर्सा, २७ असोजः सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने प्रावधानले यहाँका महिला उद्यमशीलतातर्फ आकर्षण बढिरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रम ह्वात्तै बढ्दै आइरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय […]

बागमती मुख्‍य समाचार समाचार समाज

बजेट अभावले पुल निर्माण ढिलाइ

भजनी कैलाली, २७ असोज : कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुलका लागि बजेटको अभाव देखिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा महत्वपूर्ण मानिएको कर्णाली सनकट्टी पुलको लागि प्रयाप्त बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ भएको हो । एक अर्ब १८ करोड भ्याटसहित ठेक्का सम्झौता भएको पुलको लागि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

झाडी फाडेर फलफूलखेती

म्याग्दी, २७ असोजः म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना नाफा सञ्चालन भएको छ । कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२÷८३ मा ३४ पुगेको छ । कूल […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

सुदूरपश्चिम, २७ असोजः कैलालीको गोदावरी नगरपालिका—८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बीउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बीउ खेतीमै रमाइरहनु भएको छ । गुणस्तरीय बीउ तयार पार्न बीउ कम्पनीको प्राविधिक सहयोगमा उनको खेतमा यतिबेला गरिएको हर्दिनाथ —६ र सर्जू—५२ जातको धानखेती सप्रेको छ । उनी गहुँको मूलबीउ पनि उत्पादन गर्दै आएका छन् । वार्षिक प्रतिकठ्ठा रु […]

कोशी मुख्‍य समाचार समाचार समाज

संरक्षणका पखाइमा चुदारा पेसा

भोजपुर, २७ असोजः भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो । विगतमा धेरैको सङ्ख्यामा मानिस यस पेसामा आवद्ध रहे पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा जोगाइरहेको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

काठमाडौं । जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ । शनिबार सरकारले छानेका […]

बागमती मुख्‍य समाचार समाचार समाज

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

काठमाडौँ, २७ असोज : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायत, २७ असोज ः बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ । यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिए। ३३ देशका ११७ टिम […]