२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

सुरक्षाकर्मीबाट लुकाइछिपाइ पटका बजारमा भित्रियो

रौतहट । हिन्दूहरुको चाड तिहारपर्वलाई लक्षित गरी तस्करले रौतहट जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम सुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् । तस्करले रौतहटको बंकुल, लक्ष्मीपुर बेलविछुवा, रामपुर खाँप, औरैया लगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

‘सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण अनिवार्य छ

काठमाडौँ, २६ असोजः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिएका छन् । जेनजी प्रदर्शनका क्रममा घाइते हुनुभएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहनुभएका उहाँले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टी भित्रसमेत नयाँ वैचारिक, […]

मधेश मुख्‍य समाचार समाचार

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७÷७८ मा आह्वान गरिएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा २०८२ अशोज २३ बाट २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन पेट्रोल अभ्यास २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा […]

मधेश मुख्‍य समाचार समाचार

जनशक्ति अभावका कारण शंकराचार्यद्वारको हेल्थ डेस्कबाट खोप वितरणमा समस्या

वीरगन्ज । जनशक्ति अभावका कारण वीरगन्जको शंकराचार्यद्वारमा रहेको हेल्थ डेस्कबाट हैजा विरुद्धको खोप प्रभावकारी रुपमा वितरण हुन सकेको छैन । वीरगन्जको इनर्वामा अवस्थित हेल्थ डेस्कमा स्थापना गरिएको अस्थायी खोप केन्द्रमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई खोप केन्द्रसम्म पु¥याउन आवश्यक जनशक्ति नभएकाले खोप वितरण प्रभावकारी रुपमा हुन नसकेको हो । अस्थायी खोप केन्द्रका इन्चार्ज ओमप्रकाश सर्राफले […]

मधेश मुख्‍य समाचार समाचार

पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान, ६ लाखभन्दा बढीलाई लगाइने

वीरगन्ज । पर्सा जिल्लामा फैलिएको हैजा रोगको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न आइतबारदेखि हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । पर्साको प्रमुख जिल्ला अधिकारी तोयनारायणी सुवेदीलाई पहिलो खोप खुवाई अभियानको सुरुवात गरिएको हो । जन स्वास्थ्य कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको एक समारोहका बीच प्रजिअ सुवेदी, सुरक्षा निकाय, प्रमुख सरकारी कर्मचारी […]

बागमती मुख्‍य समाचार समाचार

फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजनागरी संघले फूल र बत्तिको पर्व तिहारलाई लक्षित गर्दै यही असोज २८ गते देखि कार्तिक १ गतेसम्म पाँच दिनसम्म ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ राष्ट्रियस्तरको तेस्रो फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो […]

मधेश मुख्‍य समाचार समाचार

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

सर्लाही । धनुषा जिल्लास्थित इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई २०८२ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ’ घोषित गरिएको छ । निरीक्षक यादवले पछिल्लो अवधिमा १४ जना फरार प्रतिवादी पक्राउ गरी कानूनी कारबाही अघि बढाउनुका साथै हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकसहित रु. १ लाख ४७ हजार भारतीय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए । ‘मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ,’ मन्त्री खरेलले भने, ‘पत्रकारहरुलाई चौथो अंग […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका थिए । करिब ७२३ मिटर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनबारे प्रधानमन्त्री र सभाका अध्यक्षबीच छलफल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो मूख्य विषय माघमा एक तिहाई सांसदहरुको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस्ः मन्त्री खरेल

काठमाडौँ, २६ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उहाँले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह […]