२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् । सोमबार झापाबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै भाद्र २३ गते दुई घन्टामात्रै जेनजी आन्दोलन भएको ठोकुवा गर्दै २३ गते १ बजेपछि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा

काठमाडौं । नेपाल सरकारले २०८२ असोज २३ गते भूमि समस्या समाधान आयोग खारेज गरेपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र श्रमजीवी जनताको अधिकार कुण्ठित भएको भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले संयुक्त रूपमा विरोध जनाएका छन् । दुवै संगठनले सोमबार पत्रकार सम्मेलन गर्दै आयोग खारेज गर्ने निर्णय ‘मानव अधिकार प्रतिकूल र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘चिरागको फूल बनि फुल्थें’ गीत सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ५ गतेबाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्तिकै रहेको छ । प्रेम भावको उक्त […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक ४४ अङ्कले बढ्यो

काठमाडौँ, २७ असोज : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४ दशमलव २५ अङ्कले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो । आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९७ करोड ५४ लाख […]

बागमती मुख्‍य समाचार समाचार

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौँ

काठमाडौँ, २७ असोज : वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सैन्य आधार तालिमको अन्तिम दलेल कावज प्रदर्शन

बागमती, २७ असोजः हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वाटर हेटाँैडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरुद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण […]

बागमती मुख्‍य समाचार समाचार

जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, २७ असोजः काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मन्त्री कुलमान घिसिङ र कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङ ९एबचप त्बभथयगलन० बीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नेपाल र […]

बागमती मुख्‍य समाचार समाचार

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

चितवन, २७ असोजः दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो । सो क्रममा संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरुको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्रथामिकतामा […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

मालपोत कार्यालयमा जलेका श्रेस्ता कायम गर्न थालियो

दाङ, २७ असोजः जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेस्ता कायम गर्न मालपोत कार्यालयले काम थालेको छ । मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेस्ता कायम गर्नका लागि सूचना जारी गरी मोठहरु कायम गर्न थालेको हो । मालपोत कार्यालय तुलसीपुरका नायव सुब्बा एवं सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

काठमाडौं । हमासको कब्जाबाट मुक्त भएका सात जना इजरायली बन्धकहरू सुरक्षित रूपमा इजरायल प्रवेश गरेका छन् । अहिले आफ्ना परिवारसँग उनिहरुको पुनर्मिलन भइरहेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ । आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओहेल, जिभ बर्मान, गाली बर्मान, गाइ गिलबोआ–डालाल, ओम्री मिरान र मातान […]

बागमती मुख्‍य समाचार समाचार

तिहार लाग्यो : हाटबजारमा बढ्यो रंग र भाइमसलाको किनबेच

रामेछाप । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा  हाट बजारमा तिहारको सामान किनबेच गर्नेको सङ्ख्या बढ्दै गएको छ । तिहार नजिकिएसँगै रामेछापका प्रमुख हाटबजारहरूमा टीकाको रङ्ग, भाइमसला, टोपी, रुमाल, श्रृङ्गारका सामान किनबेच गर्नेको सङ्ख्या बढेको हो । सदरमुकाम मन्थलीमा लाग्ने सोमबारे हाटमा तिहारको सामान किनबेच गर्नेको निक्कै भिड देखिन्छ । सोमबारको हाटको मुख्य आकर्षण […]