२४ असार २०८३, बुधबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

वीरगन्जमा राजस्वको छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद

पर्सा । वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ। राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको थियो। टोलीले घरभित्रका विभिन्न कोठा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताएका छन् । विश्व वसोवास दिवसको अवसरमा शहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले सोमबार राजधानीमा गरेको कार्यक्रममा भौगोलिक जोखिम […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको […]

गण्डकी मुख्‍य समाचार समाचार

बागलुङमा डेङ्गी बढेपछि ‘खोज तथा नष्ट’ अभियान सञ्चालन

गलकोट बागलुङ, २७ असोजः बागलुङमा डेङ्गीको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ । अघिल्लो साता जिल्लाभर ११० जनामा डेङ्गी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमबार उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि पाँच सय १२ खेलाडीको नाम दर्ता

काठमाडौँ २७ असोजः नेपाल कबड्डी लिग एनकेएलको दोस्रो संस्करणका लागि ५१२ स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिएका छन् । प्रतियोगिताको पहिलो संस्करणमा २७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी १५५ खेलाडीको नाम दर्ता गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीबाट ९८, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लयमा फर्कियो श्रम मन्त्रालय, भवन जलेपनि सेवा नरोक्ने उद्घोष

हेटौंडा । भदौ २३ र २४ गतेको जेनजी युवाहरुको प्रदर्शनबाट क्षति पुगेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनमुखी सेवाप्रवाहलाई निरन्तरता दिँदै डिजिटल ट्रान्सफर्मेसन र फेसलेस गभर्नेन्सलाई अघि बढाउने घोषणा गरेको छ । मन्त्री जयराम थापाले नागरिकका सवारीसाधनमा भएको क्षतिको जिम्मेवारी लिँदै पूर्णरुपमा नष्ट भएका सवारीसाधनको करछुट, नवीकरण दस्तुर मिनाहा र आंशिक क्षति भएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालेन र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

सर्लाही । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध अनेरास्ववियु र युवा संघ सर्लाहीले संयुक्त रूपमा प्रहरीमा जाहेरी दर्ता गराएका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहित राज खडकाको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी बुझाएको हो । जाहेरी बुझाएपछि अध्यक्ष खडकाले भने, […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम

काठमाडौँ, २७ असोजः नेपाली सेनाको पूर्वीपृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सञ्चालन गरिएको छ । पूर्वी पृतना मुख्यालय इटहरीमा आजदेखि सुरु उक्त कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले सफलताको शुभकामना व्यक्त गरे । चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार

सुर्खेत । भदौ २३ र २४ गते देशैभर चर्केको जेनजी आन्दोलनका कारण कर्णाली प्रदेश सरकार अन्योलमा परेको छ ।   जेनजी आन्दोलनको बलबाट तत्कालिन सरकार विघटन भई नयाँ अन्तरिम सरकार बनेपछि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयको पनि अभाव देखिएको छ । आन्दोलनपछि आवश्यक निर्देशन र निर्णय अभावमा सरकारी कामकाजहरु लयमा फर्कन सकिरहेका छैनन् । […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

कारवाहीमा परेका राई भन्छन्– कांग्रेसमा नियमित महाधिवेशन आवश्यक छ

विराटनगर । खोटाङ काङ्ग्रेसका कारवाहीमा परेका सभापति बिष्णु कुमार राईले पार्टी नेतृत्वलाई नियमित महाधिवेशनको बाटोबाट अघि बढ्न आह्वान गरेका छन् । भोलिदेखि (असोज २८) सुरु हुन लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकलाई लक्षित गर्दै उनले पार्टीका शीर्ष नेताहरूमुखि एउटा लामो लेखमार्फत तीव्र असन्तोष र सुझाव प्रकट गरेका हुन् । राईका अनुसार अहिले पार्टीभित्र विशेष महाधिवेशन […]

कोशी मुख्‍य समाचार समाचार समाज

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

फिक्कल इलाम, २७ असोजः मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिए। माइजोगमाई गाउँपालिका–४ […]