२३ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आजको मौसम : यी भूभागहरुमा वर्षासहित हिमपातको सम्भावना

  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालुवाटार बैठक : सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

काठमाडौं  । निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेर बैठक बस्ने जनाइएको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ […]

मधेश मुख्‍य समाचार समाचार समाज

कटहरिया नगरपालिकाका कर्मचारी पुनः आन्दोलित

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरु पुन आन्दोलित भएका छन । नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै आज (बुधबार ) देखि कार्यलयमा तालाबन्दी गरेका हुन । दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भएपनि  रकम अझै नआएकाले आन्दोलित हुनु परेको उनीहरुको भनाइ छ ।  नगरपालिकाका वडा नं. १ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन थालेपछी गाउँपालिकाद्वारा निगरानी गर्न थालिएको छ। देशकै दुर्गम पालिकाको रुपमा रहेको हिमालीमा बहुमुल्य जडिबुटी पाईने गरेको छ। पालिकाको उच्च हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडीबुटीहरु अवैध रुपमा चोरी निकासी हुने गरेको पाइएकोले गाउँपालिकाले निगरानी थालेको गाउँपालिकाले जनाएको छ। पालिकाको वडा नम्बर १ र ३ का विभिन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्था आँधीको प्रभावका कारण नेपालमा पनि उच्च हिमाली भेगमा हिमपात, धेरै क्षेत्रमा झरी हुन सक्छः बरुण पौडेल

काठमाडौं । अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ । बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भए पनि त्यसको असर नेपालसम्म पुग्ने संकेत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रिक्त राष्ट्रियसभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । उनले भने, ‘राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिको लागि माग ११ गते […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो

काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो । बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कम्युनिस्ट एकताको आवश्यकता छ तर स्पष्ट आधार बिना सम्भव छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सैद्धान्तिक तथा संगठनात्मक आधार निर्माण नभइकन पार्टी एकता सम्भव नहुने बताएका छन् । बुधबार बसेको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छ ः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए । उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए । उनले भने, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन् । सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो । अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भन्ने छ, त्यो नै अचुक औषधि जस्तो हो ।’ महतले संकटको समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप नगरी एकताबद्ध हुन आग्रह  गरे । उनले भने, ‘हामीमा कमीकमजोरी अवश्य छन्, त्यसको हिस्सेदार म पनि हुँ । अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’ सामाजिक सञ्जालमा फैलिने नकारात्मक टिप्पणी र राजनीतिक अविश्वासको संस्कृतिप्रति पनि उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘राजनीतिमा सबै खत्तम हुन्, सबै बदमास हुन् भन्ने प्रवृत्ति बनेको छ । यस्तो नकारात्मक भाष्य सामाजिक सञ्जालमार्फत जबरजस्ती सम्प्रेषित भइरहेको छ ।’ उनले कांग्रेसभित्र आत्मनिन्दा र आत्मविश्वासको कमी देखिएको बताउँदै थपे, ‘जति कमीकमजोरी छ, त्यो भन्दा बढी आत्मनिन्दा भएको छ । त्यसैले कांग्रेसजनको आत्मबल कमजोर भएको छ । अब सुशासन र सुधारका पक्षमा ठोस रूपमा उभिनु आवश्यक छ ।’ महतले पार्टीले आगामी विशेष महाधिवेशनलाई संगठनात्मक सुधार र एकताको अवसरका रूपमा लिनुपर्ने बताए ।