२३ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

त्रिपक्षीय छलफलमा दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने

काठमाडौँ, १२ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी भएका छन् । निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली, १२ कात्तिकः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेका दिन आगजनी, लुटपाट तथा चोरीबाट क्षति भएको सम्पत्तिको अध्ययन गर्न आज सुर्खेत आइपुग्नुभएका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको […]

बागमती मुख्‍य समाचार समाचार

क्यान्सर बिरामीको सहयोगार्थ मेची–महाकाली साइकलयात्रा

काभ्रेपलाञ्चोक, १२ कात्तिकः क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेची–महाकाली साइकलयात्राको आयोजना गरिने भएको छ । सचेतनामूलक उक्त यात्रा पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर समापन गर्ने लक्ष्य लिइएको छ । आउँदो सन् २०२६ जनवरी १ मा सुरु गरिने यात्रा एक महिनाको हुने जनाइएको छ । साइकलयात्राबारे आज धुलिखेलस्थित अस्पतालमा पत्रकार […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देवदह रुपन्देही, १२ कात्तिक : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले भने, अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण एजेण्डा भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ । रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौँ, १२ कात्तिकः सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सनुुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलास गठन गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । वर्तमान अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ […]

बागमती मुख्‍य समाचार समाचार

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

काठमाडौँ, १२ कात्तिकः वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली एफपिआइएमएस मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ । मङ्गलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिए। उनले भने “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

निरन्तर हिमपात : हिडन भ्यालीमा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

म्याग्दी, १२ कात्तिकः निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपति कार्यालयबाट दोलखा भीमेश्वरमा क्षमा पूजा

रामेछाप ।  देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ । जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा गरिएको बताइएको छ […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज पर्सा, १२ कात्तिक : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका […]

बागमती मुख्‍य समाचार समाचार

पहेलो धातुको मूल्यमा चारदिनदेखि निरन्तर गिरावट

काठमाडौँ, १२ कात्तिक : यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत, १२ कात्तिकः यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधन अभाव

मनाङ, १२ कात्तिकः भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए । फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको […]