२३ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

काठमाडौँ, १३ कात्तिकः कार्तिक मासको अवसर पारेर अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ नेपाल इस्कोन ले देशभर ६० स्थानमा श्रीकृष्ण भगवान्लाई सामूहिक दीपदान गरिरहेको छ । सामूहिक दीपदानमा दैनिक हजारौँ मानिस सहभागी हुने गरेका छन् । स्कन्द र पद्म पुराणलगायत धार्मिक ग्रन्थमा कार्तिकमासमा भगवान् श्रीकृष्णलाई बेलुकीको समयमा दीपदान गरे लाखौँ जन्मको पाप नाश हुने उल्लेख गरिएकाले यस्तो […]

बागमती मुख्‍य समाचार समाचार

२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयोः महासचिव पोखरेल

देउखुरी दाङ, १३ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले न्यायालय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ । पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ । बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको […]

मधेश मुख्‍य समाचार समाचार

बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी, […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त ग¥यो डबल ए माइनस क्रेडिट रेटिङ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण

काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति ध्यानाकर्षण भएको जनाएका छन् । आज प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

१३ कात्तिक, बुटवल : सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ। उक्त मुद्दा न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा विचाराधीन हुनेछ। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन पूर्व यो भेटवार्ता सम्पन्न भएको हो । पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे । ‘हामीबीच उत्कृष्ट […]

खेलकुद बागमती मुख्‍य समाचार

विश्वकप लिग–२ः यूएईविरुद्ध पहिले व्याटिङ गर्ने

काठमाडौं । आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ अन्तगर्त नेपालले यूएईविरुद्ध पहिले व्याटिङ गर्ने भएको छ । यूएईमा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ । लिग–२ शृङ्खलामा नेपाल र […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार  भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

वालिङ स्याङ्जा, १३ कात्तिकः भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको विभागका इञ्जिनियर अच्युत पौडेलले […]